भ्रष्ट र लुटेराहरूको सरकार : ओली - The Pride

Latest

BANNER 728X90

Monday, May 22, 2017

भ्रष्ट र लुटेराहरूको सरकार : ओली

जेष्ठ ९, २०७४- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार लुटेरा र भ्रष्ट भएको आरोप लगाएका छन् । उनले सरकारको ढुकुटी दुरुपयोग गरी गैरबजेट रकमलाई रकमान्तर गरी भरतपुरको चुनावमा ९८ अर्ब लगानी गरेको आरोप लगाए । सूर्यविनायक नगरपालिकामा आयोजित विजयीसभा सम्बोधन गर्दै सरकारले महानगरपालिकाको चुनाव जित्न सरकारी ढुकुटी दुरुपयोग गरी सोझै भ्रष्टाचार गरेको उनले दाबी गरे ।
ओलीले स्थानीय तह चुनावमा भरतपुर, पोखरा–लेखनाथ महानगरपालिका र विभिन्न नगरपालिकामा सरकारले अर्बौं रकम बाँडेको आरोप पनि लगाए । उनले जनताको मतको उचित कदर र सम्मान हुने गरी कार्य गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे । पहिलो चरणको चुनावमा ३ वटै प्रदेशमा एमालेलाई पहिलो बनाउने गरी जनताले दिएको मतको कदर गर्दै जनमुखी कार्य गर्ने र मुलुकलाई समुन्नत बनाउने उनले दाबी गरे ।
नगरपालिकामा विजयी हुने सबै प्रमुख, उपप्रमुख र अध्यक्षहरूलाई अबको ५ वर्षपछि स्वतस्फूर्त रूपमा जनताले मत दिने योजनाका साथ काम गरी देखाउन निर्देशनसमेत दिए । उनले दोस्रो चरणको चुनावको मुखैमा संविधान संशोधन गरी जनताको मताधिकार खोस्ने र संविधान कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । ओलीले स्थानीय तह चुनावमा अधिकांश स्थान एमालेले जित्ने निश्चित भएपछि कांग्रेस र माओवादीले मतगणनामा पनि विवाद गरिरहेको बताए । एमालेले अग्रता लिएको पोखरा, भरतपुर, भक्तपुरको चाँगुनारायणलगायतमा कांग्रेसले विवाद सिर्जना गरी गणना अवरुद्ध पार्ने काम गरिरहेको बताए ।

No comments:

Post a Comment