यस फिल्मका निर्देशक सर्कुनम हुन् । फिल्ममा अभिनेता विमल र अभिनेत्री ओविया मुख्य भूमिकामा छन् । फिल्म सन २०१० मा रिलिज भएको थियो । अदालतले जारी गरेको आदेशमा भनिएको छ । १३ बर्षर्की गर्भवती किशोरी १० महिना पहिला आफ्नो प्रेमीसँग भागेकी थिइन । उनले ‘कलवानी’ फिल्मबाट प्रभावित भएर यस्तो कदम उठाएको बताइन् ।
अदालतले आदेश जारी गर्दै सेन्सर बोर्डमाथि प्रश्न उठाएको छ, यस्तो विषयवस्तु भएको फिल्म रिलिज गर्ने अनुमति किन दिएको ? यस फिल्मलाई दिएको यू सर्टिफिकेट सबैभन्दा बढी विवादको कारण बनेको छ ।
अदालतले फिल्मको विस्तृत विवरणसहितको एक फाइल तयार गर्न बोर्डलाई आग्रह गरेको छ । जसमा फिल्म निर्मातादेखि लिएर फिल्मको काटछाट गर्ने, सम्पादन गर्ने सबैको प्रतिक्रिया समावेश गर्न भनेको छ ।
No comments:
Post a Comment