प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई झड्का ! निर्वाचन आयोगको यस्ताे विज्ञप्ती - The Pride

Latest

BANNER 728X90

Thursday, May 25, 2017

प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई झड्का ! निर्वाचन आयोगको यस्ताे विज्ञप्ती

११ जेठ, काठमाडौं ।

निर्वाचन आयोगले आगामी जेठ ३१ मा पुरानै संरचना अनुसारका ४६१ गाउँपालिकामा मात्र चुनाव गर्न सम्भव हुने बताएको छ । आयोगले आज विज्ञप्ती निकालेर थपिएका गाउँपालिकामा अवको २० दिनमा चुनाव गर्न सम्भव नरहेको बताएको हो ।
समयको चाप र प्राविधिक हिसावले थपिएका गाउँपालिकामा जेठ ३१ मा चुनाव गर्न नसकिने आयोगको भनाई छ । थपिएका गाउँपालिकाको वडागत र मतदानकेन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्म सबै केन्द्रमा पुर्याउन असम्भव रहेको आयोगले स्पष्ट पारेको छ ।

त्यस्तै मतदाताको परिवर्तित ठेगाना अनुसार मतदाता परिचय पत्र छपाई जेठ २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुरयाउन पनि नसकिने आयोगले जनाएको छ ।

थपिने गाउँपालिका र नगरपालिकाका लागि निर्वाचन अधिकृतको नियुक्ति गरी जेठ १५ गते निर्वाचन कार्यालय पनि स्थापित गर्न नसकिने आयोगले स्पष्ट पारेका छ । आयोगले यी समस्या दर्शाइ सरकारलाई चुनावी वातावरण बनाउन आग्रह गरेको छ

No comments:

Post a Comment