काबुल विस्फोटमा पाँच नेपाली घाइते भएको प्रारम्भिक जानकारी - The Pride

Latest

BANNER 728X90

Wednesday, May 31, 2017

काबुल विस्फोटमा पाँच नेपाली घाइते भएको प्रारम्भिक जानकारी

जेष्ठ १७, २०७४- अफगानिस्तानमा बुधबार भएको शक्तिशाली आत्मघाती बम विस्फोटमा पाँचजना नेपालीहरु सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

पछिल्लोपटक अफगानिस्तान हेर्ने जिम्मेवारी पाएको दिल्लीस्थित नेपाली दूतावासले घटनामा नेपाली परेको सम्बन्धमा विस्तृतमा बुझ्ने काम भइरहेको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले पाँचजना सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको पुष्टि गरे । उनले थप विवरण संकलन गर्न बाँकी रहेको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करका अनुसार कावुलमा रहेको विदेशी दूतावासमा कार्यरत नेपाली कर्मचारीहरुको विवरण संकलन गर्ने कार्य समेत भइरहेको छ । उनका अनुसार अफगानिस्तानको स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँग समेत घाइतेहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।

No comments:

Post a Comment