जर्मनीको कुरा चन्द्रसम्शेरले मानेको भए आज सिंगै भारत नै नेपाली झन्डाको अधिनमा हुन्थ्यो - The Pride

Latest

BANNER 728X90

Monday, May 29, 2017

जर्मनीको कुरा चन्द्रसम्शेरले मानेको भए आज सिंगै भारत नै नेपाली झन्डाको अधिनमा हुन्थ्यो

नेपालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र र त्यहाँ जाने युवाहरुको विषयलाई लिएर विभिन्न बहसहरु हुने गरेका छन् । नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापा र कुशल शासक जंगबहादुर राणाले त्यसको विरोध गरेपनि राणाकालका पछिल्ला प्रधानमन्त्रीहरु वीरशम्शेर र चन्द्र शम्शेरहरुको उदारवादी नीतिले गर्दा गोर्खा भर्ती केन्द्रमा नेपाली युवाहरुको उल्लेख्य सहभागिता रहँदै आएको पाइन्छ ।

नेपालीहरुले यो भर्तीकेन्द्रमा भर्ना भएर पहिलो र दोश्रो विश्वयुद्ध लगायतका अन्य थुप्रै युद्धहरु लडेका इतिहास पाइन्छ । यद्यपि, नेपालले जहिल्यै बेलायतको पक्षमा रहेर मात्र युद्धमा सहभागि भइरह्यो । यसै प्रसंगमा हामीले पहिलो विश्वयुद्धमा जर्मनीले नेपाललाई पठाएको पत्र अर्थात सो पत्रमा विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएमा भारतलाई नै नेपालले आफ्नो अधिनमा राख्न सक्ने सम्मको आश्वासन दिएको र नेपालमा विश्वयुद्धको प्रभावका सवालमा यहाँ छोटो प्रसंगलाई समावेश गरेका छौ ।
इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत सत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे ।

भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन ।

सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको एलायन्स निर्माण भएको थियो । एलायन्स जारी रहेकै बेला अर्थात २६ वर्षपछि अष्ट्रियाका राजकुमार र उनकी पत्नीको बोस्नियामा भएको हत्याको विषयलाई लिएर सन् १९१४ जुलाई २४ मा प्रथम विश्वयुद्धको सुरुवात भएको थियो ।

त्यसबेला विश्वयुद्धको विषयलाई लिएर विश्वनै आधा–आधा भएको थियो । नेपालमा भने राणाशासन विरोधी धार बजबुत हुँदै गएकोले राणाहरुले समर्थन गरेको बेलायत पराजय भइदिए हुन्थ्यो भन्ने मनोभावना विकास हुँदै गएको देखिन्छ ।
त्यसैबेला जर्मनीले नेपाललाई आफ्नो पक्षमा गोर्खा सेनाले युद्ध लडे, भारतबाट इष्ट इन्डिया कम्पनीको सरकारलाई धपाउन सकिने र भारत नेपालको अधिनमा आउने भन्दै रेडियो तरंगमार्फत पत्र लेखेको थियो ।’ इतिहासविद संग्रौलाका अनुसार जर्मनीले रेडियो तरंगमार्फत पठाएको पत्र यस्तो थियोः

ब्रिटेन नेपालको परम्परागत शत्रु हो, यदि नेपालले युद्धमा अंग्रेजलाई साथ दियो भने नेपाली सेना जर्मनी सेनाको प्रहारबाट बच्न सक्ने छैनन् र यस विश्वयुद्धमा जर्मनीको अवश्य पनि जीत हुनेछ । त्यसकारण नेपालले जर्मनीलाई सहयोग गर्यो भने भारतबाट अंग्रेजहरु भाग्नेछन् अनि भारत पनि नेपालको अधिनमा हुनेछ ।
त्यसर्थ, भारतकै अंग्रेज भगाउ आन्दोलनका नेता महेन्द्र प्रताप र जर्मनीका प्रधानमन्त्रीको आग्रहलाई नेपालले टेरेको भए र विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएको भए, सायद नेपालको नक्सामै ठूलो फेरबदल आउनसक्ने इतिहासविदहरुको आंकलन छ । यी दुई कुराले नेपालको ऐतिहासिक मोड विपरित दिशातर्फ गएको समेत बताइन्छ ।

यद्यपि, पहिलो विश्वयुद्धमा जर्मन एलाइन्सको हार भयो र बेलायत पक्षले जित्यो । त्यसको केही वर्षपछि मात्र भारतबाट अंग्रेजहरु बढारिएका थिए । नेपालको ब्रिटिस गोर्खा भर्ती केन्द्रमा जाने युवाहरुको क्रम भने अहिले पनि जारी छ |

(जर्मनी सरकारले नेपालका तत्कालिन प्रधानमन्त्री चन्द्रसम्शेरलाई पठाएको पत्रको आशयसहित) इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला !

No comments:

Post a Comment