गृहमन्त्रीज्यू, पति मैले गुमाएकी छु, छोराछोरी मेरा टुहुरा भएका छन्, मुद्धा तपाईले फिर्ता लिने ? - The Pride

Latest

BANNER 728X90

Friday, May 19, 2017

गृहमन्त्रीज्यू, पति मैले गुमाएकी छु, छोराछोरी मेरा टुहुरा भएका छन्, मुद्धा तपाईले फिर्ता लिने ?

मधेसी–थारुको आन्दोलन शान्तिपूर्ण भनिएको थियो । सबै नेताले बारम्बार शान्तिपूर्ण भनेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनमा सुरक्षाकर्मीलाई लखेटी–लखेटी, भाला, बञ्चरो, खुकुरीले क्षतविक्षत बनाएर हत्या गर्नु राजनीतिक कार्य कदापी हुन सक्दैन । अहिलेका गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक घटना भन्नु भएछ । मेरो श्रीमान् नेपाल प्रहरीका निरीक्षक केशव बोहोरालगायतले हामीलाई छाडिदिनुस् भनेर हात उठाइसकेको अवस्थामा समेत पाशविक ढंगले बर्बरतापूर्वक हत्या गरियो ।

यस्तो बर्बरतापूर्वक हत्या गर्नेलाई राजनीतिको नाममा छुट दिने हो भने हत्या अभियोगमा जेल बसेकालाई पनि जेलमुक्त गर्नुपर्छ । मान्छे मार्दा पनि यो देशमा कानुन लाग्दैन भने बाँकी अपराधमा हुने सजाय पनि छुट दिनु पर्छ । राजनीतिको नाममा जघन्य अपराध गर्नेहरुलाई छुट दिन कसरी मिल्छ ? यो कहाँको न्याय हो ?तराईमा आन्दोलन गर्ने कुनै नेताको कोही आफन्त मारिएका छैनन् । उनीहरु कसैले केही गुमाएका पनि छैनन् । गुमाएका हामीले छौं । हाम्रो त परिवार नै उजाड भएको छ । तर पनि हामीले सरकारसँग केही मागेका छैनौं । हामीले मागेको भनेको न्याय हो । जुन नमागि नै सरकारले दिनु पर्ने थियो । तर सरकार त उल्टै अपराधिलाई जोगाउन लागि परेको छ । टीकापुर घटनाका मुख्य अभियुक्तलाई प्रधानमन्त्रीले भेटेका छन् ।

गृहमन्त्री हत्यारालाई छुट दिनुपर्छ भन्दै हिँडेका छन् । त्यो घटनामा न प्रधानमन्त्री, न गृहमन्त्री न मधेसका नेताहरु कसैको कोही परेको छैन । उनीहरुलाई हाम्रो पीडा थाहा पनि छैन । महशुस गर्ने मन पनि छैन । उनीहरु त राजनीतिलाई बद्नाम गरिरहेका छन् । राजनीतिका नाममा अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिरहेका छन् ।मैले टीकापुर घटनामा संलग्न भएका मुख्य दोषी रेशमकुमार चौधरी हो । संलग्न भएका अन्यमा लाहुराम चौधरी, लक्ष्मण थारु लगायत छन् । सडक विभागको इञ्जिनियर भएर पनि धनीराम चौधरी खुलेआम हिँडिरहेको छ । धनिराम घटनाको मुख्य योजनाकार हो । घटनामा अन्य पनि संलग्न छन् । यीनीहरुलाई हदैसम्मको सजाय हुनुपर्छ भनेर मैले किटानी जाहेरी दिएकी छु । तर सरकारले आठ जना सुरक्षाकर्मीको हत्या गर्नेविरुद्धको मुद्धा फिर्ता लिने कुरा भइरहेको छ । जाहेरी दिने, अन्यायमा पर्ने हामी हौं ।

तर सरकारले आफूखुसीले एकलौटी ढंगबाट मुद्धा फिर्ता कसरी गर्दोरहेछ हामी पनि हेरिरहेका छौं ।घटना भएपछि टीकापुर नै पुगेर छानविन भएको छ । त्यो छानविन आयोगको प्रतिवेदन अहिलेसम्म लुकाइएको छ । प्रतिवेदन सार्वजनिक गर्न पनि हामीले माग गरेका छौं ।आन्दोलनमा हुलदंगा भयो भने, मान्छेले ढुंगा हानाहान गर्दा, भागदौडमा कुल्चिएर, एकातिर हान्दा अर्कोतिर लाग्दा वा अञ्जानवस भएको घटनालाई राजनीतिक रङ दिन पनि सकिएला । तर जानाजान बबरतापूर्ण ढंगबाट हत्या गर्नेहरुलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।(टीकापुर घटनामा वीरगति प्राप्त गरेका नेपाल प्रहरीका निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरासँग भएको कुराकानीमा आधारित) 

No comments:

Post a Comment