मध्यरात माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्। मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएर मतपत्र च्यातेर अवरोध खडा गरेको जानकारी दिए। - The Pride

Latest

BANNER 728X90

Sunday, May 28, 2017

मध्यरात माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्। मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएर मतपत्र च्यातेर अवरोध खडा गरेको जानकारी दिए।

भरतपुर महानगरपालिकाको जारी मतगणना क्रममा अहिले मध्यरात माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरेका छन्। मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएका हुन्। गणनास्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मतपत्र च्यात्नुअघिसम्मको परिणाअनुसार दाहाल र ज्ञवालीको मतान्तर ७ सय ३३ पुगेको थियो। आइतबार साँझसम्म २७ वडाको मतगणना सकिँदा उनीहरुको मतान्तर ७ सय ८४ थियो भने अहिले मतान्तर अलिकति घटेको हो। ज्ञवालीले ४१ हजार ६ सय ४१ मत ल्याएका छन् भने दाहालले ४० हजार ९ सय ८ मत ल्याएका छन्। सेतो पाटिबाट साभार

No comments:

Post a Comment