मतगणना शान्तिपूर्णरुपमा नै भएको थियो। कभर्ड हलभित्रको वातावरण सौहार्दपूर्ण थियो। म र डीएसपी सावसमेत गरेर त्यो बेला ३३ प्रहरी त्यहाँ थियौं। पार्टीका मुख्य नेताहरु पनि थिए। छवटा समूह बनाएर मत गन्ने काम हुन्छ, हिजो पनि त्यही भइरहेको थियो। कतै गणना भइरहेको थियो, कतै सकेर रेजा गन्ने काम हुँदैथियो। जसमध्ये दुईवटा समूहमा विवाद निस्कियो।
विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मतपत्र समात्न गए। चार पाँचवटा जति च्याते पनि। उनी उफ्रेको देख्नेवित्तिकै म तत्काल त्यता बढे। उनलाई समाइयो। त्यसपछि थप व्यक्ति पनि समातिए। उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन्। उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन्। त्यहाँ पार्टीले तोकेका प्रतिनिधिहरु नै थिए। त्योभन्दा बाहेकका व्यक्तिहरु भित्र थिएनन्।
गन्दै गरेको त्यस्तै चार पाँचवटाको हाराहारीमा मतपत्रहरु च्यातिएको अवस्था छ। गनेर भ्याएको मुठोको मतपत्रहरु पनि च्यातिएका छन्। जसको नतिजा सार्वजनिक भइसकेको थिएन। हिजो मध्यारतमा भएको घटना यही हो। हामीले सबै मतपत्र र टुक्राहरुसमेत एकै ठाउँ संकलन गरेका छौं। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मत गणना नहुने सूचना निकालेको छ।
वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ। कभर्ड हलको गेटमा निर्वाचन आयोगले ताला लगाएर सिल गरेको छ। एमालेले पनि ताला लगाएको छ। अरु पार्टीहरुलाई पनि ताला लगाउन भनेका छौं। मत गणना स्थल वरपर निषेधित क्षेत्र कायम गरेर नारा जुलुस गर्न नपाउने व्यवस्था मिलाउँदैछौं।
No comments:
Post a Comment