वडा न : १९ बाट सबै मत मावोबादी लाइ आइसकेपछि मैले जित्ने निश्चित भएको देखेर एमाले कार्यकर्ता ले मतपत्र च्याते :-माओवादी उम्मेदवार रेणु दाहाल - The Pride

Latest

BANNER 728X90

Sunday, May 28, 2017

वडा न : १९ बाट सबै मत मावोबादी लाइ आइसकेपछि मैले जित्ने निश्चित भएको देखेर एमाले कार्यकर्ता ले मतपत्र च्याते :-माओवादी उम्मेदवार रेणु दाहाल

१५ जेठ, चितवन। भरतपुर महानगरपालिकामा माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् । ‘

बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन्-‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।’

मतगणनास्थलबाट माओवादी कार्यकर्तामात्रै नभई एमालेका कार्यकर्ताहरु पनि पक्राउ परेको रेणुले बताइन् । आफूले चुनाव जित्न लागेपछि एमालेबाटै षडयन्त्र गरिएको र त्यसको दोष माओवादीलाई लगाइएको रेणुले आरोप लगाइन् ।
निर्वाचनको प्रक्रियामा आइसकेपछि हार वा जित जे भए पनि आफूले स्वीकार्ने बताउँदै उनले मतपत्र च्यात्ने माओवादीको कुनै योजना वा कारण नरहेको दाबी गरिन् ।

No comments:

Post a Comment