सो सहकारीको अध्यक्ष तथा प्रबन्ध निर्देशक उनी आफैं थिए । बचत तथा ऋण सहकारी संस्था भएकाले सिद्धार्थ सहकारीका नाममा अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरले पार्टीको नाताले, श्रमजीवी र निमुखा वर्गको नाताले चाबहिल क्षेत्रका तरकारी पसले, फुटपाथका व्यापारी, साना तथा फुटकर व्यापारीहरुलाई सदस्य बनाएर उनीहरुसँग दैनिक बचत संकलन गर्ने गरेका थिए । आकर्षक ब्याज दिने, सुलभ ब्याजमा कर्जा प्रदान गर्ने, पाँच वर्षमा मुद्दती बचतको दोब्बर भुक्तानी दिनेजस्ता आकर्षक प्रलोभन दिएर निमुखा, साना व्यापारीहरुसँग कुँवरले रकम संकलन गर्ने गरेका थिए । उनले सर्वसाधारणसँग त्यसरी उठाएको रकम आफ्नो व्यक्तिगत काममा र आफ्नोरातारात धनी हुने धन्दामा लगानी गर्ने गरेका रहेछन् ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरले संस्थाको रकम हिनामिना गरेको कुरा सञ्चालक समितिमा उठ्यो र त्यसमा भित्रीरुपमा ठूलो टसल भयो । एक कान दुई कान हुँदै अध्यक्ष कुँवरले गरेको घोटालाको कुरा सार्वजनिक भयो र सो कुरा वचनकर्ताहरुले पनि थाहा पाए । त्यसपछि उनीहरुले आफ्नो रकम मागेर अध्यक्ष तथा प्रबन्ध निर्देशक कुँवरलाई घेराबन्दी गरे । त्यतिबेला डिभिजन सहकारी कार्यालयका प्रमुख केशव थापा थिए । थापासँग कुँवरको राम्रो दोस्ती थियो । राजनीतिक रुपमा उनीहरु दुवै जना एउटै पार्टीसँग सम्बन्धित थिए । बचतकर्ताले आफुहरु ठगिएको महसुस नगर्दै कुँवरले सहकारीको ४१ लाख रुपैयाँ हिनामिना गरिसकेका थिए । बचतकर्ताले खोज्न थालेपछि उनले आफ्नो नाम बदलेर शिलोज कुँवरका नाममा परिचय गर्दै हिँड्न थाले । तर पनि उनले काठमाडौं छाड्न सक्ने अवस्था थिएन ।
माओवादी द्वन्द्वका कारण उनी राजधानीमै भेष बदलेर हिँड्ने गर्दथे । आर्थिक कारोबारमा अलि कमजोर मानिने शिव कुँवरले जनकल्याण मावि साँफेबगरको व्यवस्थापन कमिटीमा रहँदा गरेको भ्रष्टाचार अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट टुंगिएको छैन, छानबिनकै चरणमा रहेको छ भने उनले आछाममै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जाको किस्तासमेत नतिरेर बैंक व्यवस्थापनलाई नै हैरान पारेका थिए । तर अहिले त्यही व्यक्ति रातो टीका लगाएर मेयर पदमा आपूmलाई मत दिन प्रचार गरिरहेका छन् । यो एउटा पात्र मात्र होइन, यो प्रवृत्ति हो । यस्ता कति व्यक्ति एकातिर ठगेर अर्कोतिर इमानदार भएको स्वाङ पार्दै हिँडिरहेका होलान्, यसतर्फ कसैको पनि ध्यान गएको पाइएको छैन । -आर्थिक दैनिकबाट
No comments:
Post a Comment