
सर्लाही, जेठ १२ –राष्ट्रिय जनता पार्टीले चुनाव बिथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेकै दिन सर्लाहीमा राजपाका चार सय भन्दा धेरै नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राजपाको एक घटक महेन्द्र राय यादब नेतृत्वको तराई मधेश सद्भावना पार्टीका सह महामन्त्री रामचन्द्रसिंह कुशवाहाको नेतृत्वमा चार सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
सर्लाहीको इश्वरपुरमा शनिबार आयोजित चुनावी सभामा नेता पोखरेलले नव प्रवेशीहरुलाई अबिर र माला लगाएर आफ्नो पार्टीमा भित्राउनु भएको हो ।
No comments:
Post a Comment