‘ज्योतिषीले असार १४ मा पानी पर्छ भनेपछि निर्वाचन त्यही दिन गराउन खोजियो’, ओलीले भने, ‘काठमाण्डु महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन बिहीबार आयोजित कार्यक्रममा ओलीले भने, ‘धाँधली गर्न पाइन्छ भनेर पानी पर्ने दिन रोजियो ।’
ओलीले असार १४ मा पानी पर्ने र विरोधीहरुलाई हिलोमा पछारेर एमालेले जित्ने जिकिर गरे । उक्त दिन एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीको जन्मदिन परेको स्मरण गर्दै ओलीले विरोधीलाई हिलोमा पछारेर भण्डारीको जन्मदिन मनाइने टिप्पणी गरे । यसअघि ओलीले ज्योतिषीले असार ९ माओवादीका लागि शुभदिन रहेको बताएपछि प्रचण्डले सोही दिन चुनाव गराउन लागेको तर्क गरेका थिए ।
यसअघि रमाजानका बेला निर्वाचन नगराउन पनि एमालेले नै दबाब दिएको थियो । मुस्लिम समुदायलाई पार्टी प्रवेश गराउँदै ओलीले मुस्लिम भोट तान्ने रणनीतिअन्तर्गत रमाजानमा चुनाव गराउन खोजेकामा विरोध गरेका थिए । तर, बिहीबार ओलीले रमाजानलाई बहाना बनाएर चुनाव सारिएको आरोप लगाए । ‘विरोधीलाई हिउँदको धुलोमा पछारौंला भन्ने लागेको थियो’, ओलीले भने, ‘अब हिलोमै पछार्नुपर्ने भयो ।’बिकाउका लागि एक दिनअघि र पछि गरेको भाषणमा आकाश पाताल फरक परेपछि सुन्नेहरुले मुखामुख गरेका थिए ।
No comments:
Post a Comment