आफूले जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा चिन्ता होला भन्ने मतदातालाई लाग्छ । तर, एक जना नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले मतदाताको आशा र अपेक्षामाथि गम्भीर घात गरेका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।
उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई । चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।
फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए-नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्की हुन् ।
यस्तो पनि भयो: प्रचण्ड पुत्र प्रकाश दाहालले ‘धरौटी’ को अर्थ नबुझेपछि…
भरतपुर । जेठ १४ गते आइतवार राती भरतपुर महानगरपालिकाको मतगणना हुँदै गर्दा मतपत्र च्यातेर रंगे हात पक्राउ भएका माओवादीका दुई कार्यकर्ता विहिबार जनही एक लाख धरौटीमा रिहा भए ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । उनीहरुले मतपत्र च्यातेपछि स्थगित भएको भरतपुर मतगणना अझै स्थगित नै छ ।
निर्वाचन कसुर ऐन २०७३ को दफा (१६) को उपदफा २ बमोजिम जनही एक लाख धरौटी तिरेर रिहा भएका उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले सत्यको जित भई निर्देाष सावित भएर रिहा भएको भन्दै खादा ओढाएको तस्बिरसहितको स्टाटस फेसबुकमा लेखेपछि उनी आलोचित भएका छन् ।
No comments:
Post a Comment