कस्लाई सँकट आउदैन ! भगवान शिवजी लाई नी संकट आएर बद्रिनाथ छोड्नु परेको थियो - The Pride

Latest

BANNER 728X90

Saturday, June 24, 2017

कस्लाई सँकट आउदैन ! भगवान शिवजी लाई नी संकट आएर बद्रिनाथ छोड्नु परेको थियो

उत्तरी भारतको उत्तराखण्डमा पर्ने ‘बद्रिनाथ’ भगवान शिवको मन्दिर हो र त्यहाँ हजार वर्षभन्दा पहिले भगवान शिवको बासस्थान थियो भन्ने त्यहाँका बासिन्दाहरू विश्वास गर्दछन्। यसै मन्दिरसम्बन्धि एक किंबदन्ती कथामा कसरी भगवान विष्णुले शिव र पार्वतीलाई झुक्याए भन्न खोजिएको छ।

जब भगवान शिवले आफ्नै घर छाड्नुपर्यो…
बद्रिनाथ, जहाँ स्वयं भगवान शिव र पार्वती देवी बस्ने गर्थे, एकदमै सुन्दर तीर्थस्थल हो। यो मन्दिर हिमालय क्षेत्रको करीब १० हजार फिटको उचाईमा अवस्थित छ।

पौराणिक कथाका अनुसार, एक दिन ऋषी नारदमुनी नारायण भएको ठाउँमा गए र गाली गर्न थाले- “तिमी भगवानको नाममा कलङ्क हौ। जहिले अधिशेष (शेष नागको ओच्छ्यान) मा बस्छौ अनि तिम्री पत्नी लक्ष्मीले पनि तिम्रो स्याहारसुसार गर्दागर्दै तिमी पुल्पुलिसकेका छौ। तिमी मानवजातिको लागि एक खराब उदाहरण बन्दै छौ। यदि तिमी आफ्नो र मानवजातिको भलो चाहन्छौ भने कुनै अर्थयुक्त कर्म गर।”

नारदमुनीको कुराले विष्णु क्रोधित हुनुको सट्टा झन् गम्भीर हुन थाले र आफूलाई साँच्ची नै अर्थहीन ठानेर हिमालय तर्फ साधना गर्न जान्छु भनेर हिँडे। हिमालयमा साधना गर्ने उचित स्थल खोज्दा खोज्दै उनले बद्रिनाथ भेटे। त्यो स्थल विष्णुले खोजेको जस्तै थियो, साधना गर्नको लागि उपयुक्त अनि उत्तम स्थल।

बद्रिनाथमा उनले एक घर भेटे र भित्र छिरे, त्यसपछि उनले थाहा पाए कि यो त भगवान शिवको घर हो। उनले सोँचे- “ला खत्तम! भगवान शिव त खतरनाक हुनुहुन्छ। यदि उहाँ क्रोधित हुनुभयो भने त मेरो मात्रै होइन आफ्नै घाँटी समेत काट्न तयार बन्नुहुन्छ, साह्रै खतरनाक!”

त्यसैले मायावी विष्णुले एक जुक्ति निकाले र सानो नवजात शिशुको रूप धारण गरी घरको बाहिर ढोकामा रुँदै बसे। केहिक्षणको लागि बाहिर घुम्न गएका शिवपार्वती आफ्नो घर आइपुग्दा ढोकानेर एक नाबालकलाई रुँदै गरेको देखे। पार्वतीको मनले थाम्न सकेन र बच्चारूपी विष्णुलाई उठाउन गइन्, तर शिवले भने- “ए पार्वती! त्यस बच्चालाई नउठाऊ!”। पार्वतीले भनिन्- “कस्तो क्रूर मन हजुरको?”

शिवले भने- “यो गतिलो बच्चा होइन। यदि हो भने यत्रो हिमालयको पर्वतमा आफै कसरी आउन सक्यो? कसैले ल्याएर छोडेको हो भने पनि कसैको चरणचिन्ह छैन। यो बालक हुनै सक्दैन।” फेरि पार्वतीले भनिन्- “केहि पनि हुँदैन! मेरो मनले एक नाबालक शिशुलाई यसरी छाड्न मान्दैन।” त्यसपछि पार्वतीले त्यस शिशुलाई घर भित्र लगिन् र काखमा राखेर मुसार्दै बसिन्। शिशु पनि खुब आनन्द मान्दै शिवलाई एक टक हेरिरहे। शिवलाई त्यसको परिणाम त थाहा भैसकेको थियो, तैपनि भने- “ठीकै छ! हेरुम के हुन्छ!”

पार्वतीले पनि खुशी हुँदै त्यस शिशुलाई दूध पिलाइन् र एकछिनपछि शिशुलाई त्यहिँ सुताएर शिवसँग स्नान गर्न गइन्। जब उनीहरू फर्किए, तब घरको ढोका भित्रैबाट बन्द थियो। चकित पार्वतीले सोधिन्- “कसले लगायो ढोका?” शिवले भने- “मैले भन्दै थिएँ, बच्चालाई नउठाऊ, नउठाऊ! तिमीले नै बच्चालाई भित्र हुल्यौ, अब उसले भित्रैबाट ढोका लगायो।”

पार्वतीले सोधिन्- “अब के गर्ने?”
यस्तो अवस्थामा शिवसँग दुईवटा विकल्प थियो- ढोका भत्काएर भित्र जाने र त्यसलाई त्यहिँ छाडेर अन्तै लाग्ने। र शिवले भने- “अर्कै ठाउँ जाऔँ अब! तिम्रो प्रिय बच्चालाई म केहि पनि गर्न सक्दिनँ!” यसरी शिव र पार्वतीले आफ्नै घर गुमाए र अर्को घर खोज्न भौँतारिँदा उनीहरू केदारनाथमा पुगेको पौराणिक कथाले बताउँछ।नेपालीहेडलाईट्स

No comments:

Post a Comment