चार दिनको उपचारपछि डा. विनोद डंगोलले काठमाडौं जाने सल्लाह दिनुभयो । म वीर अस्पताल पुगें । त्यहाँ पनि नभएपछि असार १ गते नयाँबानेश्वरस्थित निजामती अस्पताल भर्ना भएँ । मलाई ब्लड क्यान्सर भएको रहेछ । त्यहीं मेरो उपचार भइरहेको छ । डाक्टरको सल्लाहअनुसार रोग पहिलो स्टेजमै भएको र उपचार गर्न सके म बाँच्न सक्ने रहेछु । मेरो बाँच्ने चान्स असी प्रतिशत रहेछ । यति कुराले ममा बाँच्ने आशा पलाएको छ, तर उपचार गर्न लगभग पच्चीस लाख रुपैयाँ लाग्ने रहेछ । मेरो घरको आर्थिक अवस्था नाजुक छ र उपचार गर्न सक्ने अवस्था पनि छैन । काखमा तीन महिनाको छोरो छ ।
श्रीमान् बेरोजगार हुनुहुन्छ । सुत्केरी अवस्थामै मलाई यति ठूलो विपत्ति आइपरयो । बालक छोरोलाई हुर्काएर पढाउने र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने इच्छा छ, तर रोग लागेकाले अस्पताल बेडमा आइपुगेको छु । अब मसित एउटै विकल्प बाँकी छ, त्यो हो– सबैसँग हात फैलाएर सहयोग माग्ने र उपचार गर्ने । मैले भगवानसँग पनि बारबार यही प्रार्थना गरिरहेकी छु । भन्छन्– थोपा, थोपा मिलेर समुद्र बन्छ रे ! हजुरहरू सबैको सानो सहयोगले मेरो उपचार सम्भव हुनेछ र मृत्युको मुखबाट फर्किनेछु ।
मेरो अनुनय छ– कृपया तपाईंहरूले सकेको सहयोग गर्नुहोस् र काखको सानो छोरा हुर्काउने मौका दिनुहोस् । तसर्थ सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंक, चरीकोट शाखा, दोलखामा रहेको खाता नम्बर १६१०००६९६११० मा रकम जम्मा गरी मोबाइल नम्बर ९८६१७२३२५९, ९८४१३२५८४८ मा खबर गरिदिन विनम्र अनुरोध गर्दछु ।
उर्मिला भुजेल, बेड नं २३५
निजामती अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
No comments:
Post a Comment