चीनसँग तनाव बढेपछि सिक्किम–भुटान सीमामा भारतद्वारा ६ हजार सैनिक तैनाथ, कुनैपनि बेला युद्ध हुन् सक्ने - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

चीनसँग तनाव बढेपछि सिक्किम–भुटान सीमामा भारतद्वारा ६ हजार सैनिक तैनाथ, कुनैपनि बेला युद्ध हुन् सक्ने

चीनसँग तनाव बढेपछि सिक्किम–भुटान सीमामा भारतद्वारा ६ हजार सैनिक तैनाथ, कुनैपनि बेला युद्ध हुन् सक्ने
एजेन्सी, १६ असार । चीनसँग तनाव बढेपछि सिक्किम–भुटान–तिब्बत सीमामा भारतले ६ हजार सैनिक तैनाथ गरेको छ । भारत र चीनबीच सिक्किम–भुटान–तिब्बत सीमालाई लिएर निकै ठूलो तनाव सिर्जना भएको छ । चीनले भारतका सैनिक क्याम्प बंकर लगाएर ध्वस्त बनाएपछि युद्धको स्थिति देखापरेको हो ।
भारतीय सेनाका प्रमुख विपीन रावत बिहीबार गान्तोकस्थित १७ माउन्टेन डिभिजन र कालिङपोङस्थित २६ डिभिजनको भ्रमण गरेका थिए । दुवै सीमा क्षेत्रमा उनले तीन–तीन हजार सैनिक तैनाथ गर्न निर्देशन दिएका छन् ।
डोका ला क्षेत्रमा चीनले आफ्नो सैनिक तैनाथ गरेपछि स्थिति गम्भीर बनेको छ । सो क्षेत्रमा भारत र चीनले आ–आफ्ना सैनिक हटाउनै चाहेका छैनन् । सो क्षेत्रमा रहेका दुवै देशका सैनिक कमान्डरबीच पटक–पटक भएको बैठक र छलफल विना निष्कर्ष टुंगिएको छ ।
भारतीय सैनिक प्रमुख रावतले १७ डिभिजनलाई पूर्वी सिक्किमको रक्षाका लागि जिम्मेवारी दिएका छन् । सीमा क्षेत्रसम्म चीनले सडक बनाउन लागेपछि भारत र भुटानले त्यसको कडा विरोध जनाएका छन् । तर, चीनले कुनै पनि हालतमा सिक्किम–भुटान–तिब्बत सीमासम्म सडक बनाएरै छाड्ने घोषणा गरेको छ ।

No comments:

Post a Comment