सातदोबाटोमा युवतीबीच फिल्मीशैलीमा 'ग्याङ्फाइट' - The Pride

Latest

BANNER 728X90

Wednesday, June 21, 2017

सातदोबाटोमा युवतीबीच फिल्मीशैलीमा 'ग्याङ्फाइट'

ललितपुर– सामाजिक सञ्जालको सामुहिक च्याट रुपबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन सकेन। सातदोबाटो बस्ने गिरी र शान्तिनगर बस्ने राईबीच बादविवाद हुनथाल्यो। फेसबुक च्याट र मोबाईलमा एकले अर्कालाई धम्काउन थाले।

‘दुबैले आफ्नो एरियामा आए देखाईदिने भन्नेक्रमको अन्त मंगलबार भयो, गिरी र राईको समुहबीच सातदोबाटो सेल्सवेरी अगाडि घम्साघम्सी भएको हो,’ सातदोबाटो वृत्त प्रमुख डिएसपी रामेश्वर यादवले नागरिकन्युजसँग भने।
‘दुबैले आफ्नो एरियामा आए देखाईदिने भन्नेक्रमको अन्त मंगलबार भयो, गिरी र राईको समुहबीच सातदोबाटो सेल्सवेरी अगाडि घम्साघम्सी भएको हो,’ सातदोबाटो वृत्त प्रमुख डिएसपी रामेश्वर यादवले नागरिकन्युजसँग भने।

उनका अनुसार ६–७ जनाको समुहमा आएको राई र सोही सख्यामा रहेको गिरी समुहबीच सुरुमा भनाभन भएको थियो। विवाद बढ्दै जाँदा गिरी उपर अन्धाधुन्ध चक्कु प्रहार भयो। वृत्तका अनुसार १७ वर्षीया कोपिला गिरीलाई पाँच–छ ठाँउमा चक्कु प्रहारबाट चोट लागेको छ। घाइते उनको हाल सुमेरु अस्पताल धापाखेलमा उपचार भै रहेको छ ।

सातदोबाटो चोक नजिक नै दुई समूहका युवतीबीच फिल्मी शैलीमा झडप भएको हो। प्रहरीले झडपमा संलग्न राईसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चक्कु प्रहार गर्ने राई, सुमन राई, रजिना सुनवार र कामना राई रहेका छन्। गिरी उपर चक्कु प्रहार गरेपछि राई समुह गाडी चढेर भाग्दाभाग्दै प्रहरीको मोबाईल टोलीले नियन्त्रणमा लिएको हो।

‘थप चारजना फरार रहेका छन, खोजी जारी छ, ज्यानमार्ने उद्योगमा थप कारवाही अघि बढेको छ’ डिएसपी यादवले भने। उनका अनुसार राई समुह होटलमा वेटर काम गर्नेहरु हुन्। पक्राउ परेका र फरार तथा घाईते १६ देखि २३ वर्ष उमेर समुहका छन्।

No comments:

Post a Comment