बुधबार धादिङमा भूकम्पको धक्का, - The Pride

Latest

BANNER 728X90

Wednesday, June 21, 2017

बुधबार धादिङमा भूकम्पको धक्का,

काठमाडौँ । बुधबार बिहान मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । भूकम्पको धक्काका कारण दक्षिणपूर्वी धादिङको धुनिबेशि नगरपालिका(५ मा इट्टा भट्टामा काम गर्ने मजदुर भारत दरवंगाका मजदुर ३५ वर्षका रिजन सदाईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको घ ।

भूकम्पको धक्का गएका बेला इट्टा भट्टामा काम गर्ने मजदुर भट्टामा रहेको इट्टा मिलाउँदै गर्दा आएको भूकम्पको धक्काका कारण इट्टाले लागेर रिजनका छोरा १० वर्षका दलम सदाई घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि विर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा मकवानपुरको चितलाङमा केन्द्र विन्दु बनाएर ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

No comments:

Post a Comment