प्रोस्टेट ग्रन्थीको अतिवृद्धि अवस्था भनेको प्रोस्टेट ग्रन्थीको संक्रमण तथा क्यान्सर रोगभन्दा भिन्न अवस्था हो। यो अवस्थाले मुत्र सञ्चालनमा अवरोध ल्याएर शरीरमा विभिन्न समस्या उत्पन्न गर्न सक्ने भएकाले पुरुषहरुले यो रोगबारे जानकारी राख्नुपर्छ।
प्रोस्टेट के हो?
प्रोस्टेट ग्रन्थी सामान्यतया ओखर जत्रो र तौलमा १० देखि २० ग्रामसम्मको हुन्छ। यो अति शूक्ष्म मांसपेशी, ग्रन्थी र संयोजक तन्तु मिलेर बेनको हुन्छ। यो ग्रन्थी मुत्रथैलीको तल, मुत्रनलीको सुरुको भागमा मोटो आन्द्राको मलद्वार भाग नजिकै हुन्छ। प्रोस्टेट ग्रन्थीले मुत्रनलीको सुरुको भागलाई बेरेर राखेको हुनाले ग्रन्थीको वृद्धि वा सुकेर खुम्चिएको अवस्थामा मुत्रनली साँघुरिने हुन्छ।
फलस्वरुप मुत्रथैलीको मांसपेशी मोटो र औधी संवेदनशील हुन्छ। त्यसैले थोरै पिसाब भएको अवस्थामा पनि थैली खुम्चिन्छ र बारबार पिसाव फेर्नुपर्ने हुन्छ। अन्ततोगत्वा मुत्रथैली कमजोर भएर जान्छ र पिसाब निखार्न सक्ने क्षमता गुम्छ। त्यसैले पिसाब फेरेर अल्ट्रासाउन्ड गर्दा थैलीमा पिसाव बाँकी रहेको देखा पर्छ। मुत्रनलीको सुरुको भाग साँघुरिनु र मुत्रथैलीमा निखार्न नसकेको पिसाव रहनुले प्रस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिका लक्षण देखा पर्छन्। तर, पुरुषहरु सधैँ प्रोस्टेटले समस्या गरेको छ भन्ने महसुस गर्दैनन्। यस्ता पुरुषले एलर्जीको वा रुघाखोकीमा प्रयोग हुने औषधि सेवन गर्दा, लामो समय पिसाव रोक्दा, रक्सी सेवन गर्दा, चिसोमा बस्दा वा धेरै दिन दिसा नगर्दा एक्कासी पिसाब रोकिएपछि ग्रन्थीको समस्या रहेको चाल पाउँछन्।
प्रोस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिले उग्ररुप लिएमा मुत्रथैलीको निकास पूरै टालेर पिसाब रोक्न सक्छ। ग्रन्थी वृद्धि वा खुम्चिएर मुत्रथैली निकास तथा मुत्रनलीको सुरुको भागमा अवरोध उत्पन्न गरे तल्लो भाग संलग्न मुत्र पद्दतिको लक्षणहरु देखा पर्न थाल्छन्।
मुत्र लक्षण
मुत्र प्रणालीमा देखापर्ने लक्षण दुई प्रकारका हुन्छन्
१. उत्तेजनात्मक लक्षणः छिटोछिटो पिसाव फेरिरहनुपर्ने, पिसाब लागेपछि रोक्नै गाह्रो पर्ने, राति पिसाब फेर्न उठिरहनुपर्ने, पिसाब फेर्दा पोल्ने-जलन हुने र दुख्ने तथा पिसाबको मात्रा थोरै हुने। यसप्रकारका लक्षण बिरामीलाई बढी पिरोल्ने तथा क्रुद्ध पार्ने वा अप्ठेरो महसुर गराउने हुन्छन्।
२. अवरोधजन्य लक्षणः पिसाब लागेर फेर्न जाँद पनि केहीबेर कुरेपछि मात्र आउने, पिसाब फेर्न कुर्नुपर्ने, पिसाबको धारा कमजोर तथा मसिनो हुने, पिसाब निखार्न लामो समय लाग्ने, पूरै पिसाब ननिख्रने र पिसावको थैली तन्केर कमजोर भएको अवस्थामा सुतेको बेला वा अरु समय पनि पिसाव अनियमित हुने।
निदान
रोग निदानमा उमेरको ठूलो भूमिका रहन्छ। तर, प्रोस्टेट ग्रन्थी मांसपेशी अतिवृद्धि भएर देखिने मुत्र लक्षण वृद्ध अवस्थामा मात्र हुन्छ भन्ने भ्रम राख्नु हुँदैन। ज्यादै ठूलो भएको प्रोस्टेट ग्रन्थीले मात्र मुत्र लक्षण प्रकट गर्छ भनेर पनि सोच्नु हुन्न। केही पुरुषमा निकै ठूलो प्रोस्टेट ग्रन्थीले पनि नराम्रो असर पारेको हुँदैन भने कसैलाई सानो ग्रन्थीले पनि मुत्र प्रणालीमा प्रभाव पारेको हुन सक्छ।
रोग निदानको उद्देश्य पिसाबमा देखा परेका लक्षण प्रोस्टेट क्यान्सर, मूत्राशयको क्यान्सर, मुत्रथैलीको पत्थरी वा मुत्र संक्रमण जस्ता रोगसँग संलग्न छ कि छैन भनेर यकिन गर्नु हो। किनकि प्रोस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिबाट उत्पन्न रोग जीवनभर रहिरहने अवस्था हुन्छ। यो रोग बढ्दै जाने भए पनि बिरामी र चिकित्सकको प्रयासले यससँग जुध्न सकिन्छ। बिरामीमा प्रोस्टेट ग्रन्थी वा मुत्रथैलीको क्यान्सर रोग देखा परे त्यस्को निदान र उपचार सामान्यतया पुरुषको उमेर र अरु शरीरमा भएका जीर्ण रोगलाई ध्यानमा राखेर आक्रामक तरिकाबाट हुनुपर्छ।
रोग निदानले निम्न कुरा थाहा पाउनु सकिन्छ
फेरिसकेपछि थैलीमा कति पिसाब बाँकी रहन्छ?
ग्रन्थी तथा पिसाबमा संक्रमण छ कि?
भएको लवण र संक्रमणको कारणले मुत्रथैलीमा पत्थरी जमेको छ कि?
थैलीबाट मुत्र बाहिनी नली हुँदै पिसाब मिर्गौलातर्फ बगी संक्रमण र मुत्र उच्च चापले गर्दा मिर्गौलाको कार्यक्षमता ह्रास हुने वातावरण बनेको छ कि?
मुत्र बाहिनी नली र मिर्गौला फुलेका छन्?
ग्रन्थीले संलग्न अवरोधका कारण मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ भने त्यसको मात्रा कति छ? आदि।
५० वर्ष नाघेका बिरामीमा रगतमा ‘पिएसए’ भन्ने जाँच पनि गर्नु उपयुक्त हुन्छ। पिसावको धारा सानो हुने वा कनेर पिसाव फेर्नेलाई पिसाबको वेगको ग्राफका रुपमा अध्ययन गर्नुपर्ने हुन्छ। पिसाबमा रगत जाने बिरामीको मुत्रथैलीभित्र दुरविनले जाँचेर हेर्नुपर्छ। त्यही सिलसिलामा प्रोस्टेट ग्रन्थीको आकार र त्यसले मुत्रनलीलाई कत्तिको छेकेको छ भन्ने अध्यन गरिन्छ। प्रोस्टेट ग्रन्थी तथा मुत्रथैलीको संक्रमण र क्यान्सर छैन भन्ने यकिन भएपछि बिरामीलाई रोगले कत्तिको बाधा पुर्याएको छ त्यसको अध्यन गर्दै उपचारको खाका तयार गरिन्छ।
उपचारको उद्देश्य
मुत्र प्रणालीको तल्लो भागको लक्षणबाट राहत दिनु ।
ग्रन्थी कोशिकाको अतिवृद्धिको क्रमलाई रोक्नु।
जीवन गुणात्मक तवरले उत्कृष्ट पार्न सघाउनु।
बिरामीहरु जसको दैनिक जीवनमा प्रोस्टेट ग्रन्थी वृद्धि लक्षणले खासै असर पारेको छैन तिनीहरुले सामान्यतया बिनाऔषधि सावधानी अपनाउँन सक्छन्। त्यो
No comments:
Post a Comment