व्यवस्थापिका संसद बैठक एमालेले एमालेले अवरोध गर्यो ! सभामुखको आदेश पालना गरेनन् सभामुखको यसरी खिल्ली उडाइयो ! देउवालाई झड्का - The Pride

Latest

BANNER 728X90

Thursday, June 1, 2017

व्यवस्थापिका संसद बैठक एमालेले एमालेले अवरोध गर्यो ! सभामुखको आदेश पालना गरेनन् सभामुखको यसरी खिल्ली उडाइयो ! देउवालाई झड्का

काठमाडौं, १८ जेठ । भरतपुर महानपालिकाको मतगणना निरन्तरताको माग गर्दै एमालेले आज पनि संसदमा अवरोध गरेको छ । एमालेको अवरोधपछि बिहीबारको संसद् बैठक पनि चल्न सकेन । एमालेका सांसद्हरु आ–आफ्नो ठाउँमा उभिएर सदन अवरुद्ध पारेका हुन् ।
सभामुख ओनसरी घर्तीमगरले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु आ–आफ्ना ठाउँमा उभिए । सभामुख घर्तीले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु बसेनन् । त्यसबखत माओवादी केन्द्रका सांसद् रामनारायण विडारीले नियमापत्ति जनाएर बोल्न समय माग गरे । तर, सभामुख घर्तीले प्रमुख विपक्षी दलका सांसदहरु उभिएको अवस्थामा समय दिन नमिल्ने प्रस्ट्याइन् ।
त्यसपछि पुन ः एमाले सांसदहरुलाई आ(आफ्नो ठाउँमा बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले बैठक जेठ २१ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिन् । एमालेले बुधबारको संसद् बैठक पनि अवरुद्ध पारेको थियो ।

यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेपनि प्रक्रिया अघि बढन सकेन । जसले प्रधानमन्त्रीका दाबेदार काँग्रेस सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री बन्न केही दिन थ िप्रतीक्षा गर्नुपर्ने भएको छ । अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने भनेपनि संसद अवरोधले प्रक्रया अघि बढन सकेन । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका– संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो । भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन ।

No comments:

Post a Comment