थैल्यान्डमा मृतक प्रेमीसँग बिहे गरेर प्रेमीकाले देखाइन यसरी विश्वलाई रुवाउने - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

थैल्यान्डमा मृतक प्रेमीसँग बिहे गरेर प्रेमीकाले देखाइन यसरी विश्वलाई रुवाउने

थैल्यान्डमा मृतक प्रेमीसँग बिहे गरेर प्रेमीकाले देखाइन यसरी विश्वलाई रुवाउने
एजेन्सी– प्रेम के हो ? मानिसहरु यसको ठ्याक्कै परिभाषा गर्न सक्दैनन् । गरिहाले पनि मानिसपिच्छे फरक–फरक परिभाषा पाउन सकिन्छ ।
कसैले प्रेम त्याग हो भन्छन् त कसैले प्राप्ती । वास्तवमै प्रेम बुझ्न निकै गाह्रो छ । प्रेमकै विषयमा थाइल्याण्डमा एक घटना बाहिर आएको छ जसले फेरि एकपटक सवैलाई प्रेमबारे सोच्न बाध्य बनाउँछ ।एक युवतीको युवकसँग बिहे गर्ने कुरो छिनिएको थियो ।
दुवै आपसमा प्रेम पनि गर्दथे । तर उनीहरुको प्रेममा दैबले आँखा लगाएछ क्यारे । युवकको हृदयघातका कारण मृत्यु भयो । तर, यस संसारबाट विदा भइसकेका युवकसँग ती युवतीले विवाह गरिन् र उनले प्रेमको परिभाषबारे सोच्न सवैलाई बाध्य बनाइन् ।
डेली मेलले जनाएअनुसार च्याचोङग्सौ प्रान्तकी नान थिप्पारतले बिहे हुने कुरो छिनिएका आफ्ना मृतक प्रेमिसँग गरेको एउटा बाँचा पुरा गरिन् । उनले प्रेमिलाई जीवनभर साथ दिन नसकेता पनि संसारलाई आफ्नो प्रेम देखाइन् र यसको हिराई पनि ।मृत शरीरलाई राखेर ती युवतीले त्यहाँको रित अनुसार सवै प्रक्रिया पुरा गरेर ती युवसँग बिहे गरिन् । जसका कारण त्यहाँ उपस्थित अन्य मानिसका आँखाबाट आँसु रोकिन सकेनन् । रोकियोस् पनि कसरी त्यो क्षण निकै फरक थियो ।
त्यहाँ प्रेमको हार होइन जित भइरहेको थियो । सो क्रममा वेहुली र मृत शरीर दुवै बिहेको पोशाकमा सिजिएका थिए । विहे पछि थोरै प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्, ‘म उसलाई निकै प्रेम गर्थे ।
आज उसले मलाई छाडेर गयो तर, मेरो प्रेम कहिल्यै मर्ने छैन । म यो सहनै सक्दिन कि ऊ अहिले मसँग छैन तर, मलाई आशा छ अर्को जन्ममा म पक्कै उसको हुनेछु । स्रोत काठमांडू टुडे .कम

No comments:

Post a Comment