लसुन र मह मिलाएर खानु स्वस्थ्यका लागि अमृत समान - The Pride

Latest

BANNER 728X90

Saturday, June 10, 2017

लसुन र मह मिलाएर खानु स्वस्थ्यका लागि अमृत समान

लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो। यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ। लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ।

बनाउने तरिका
दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने। त्यसमा ताजा (काँचो) मह मिसाउने। मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ। यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने।

लसुन र महको महत्व
लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ। लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ। मह र लसुनबाट बनाइएको ‘पेस्ट’ सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।
रुघाखोकीमा फाइदा
लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ।
मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ। यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ।

पाचनक्रियामा लाभ
-यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ। मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ।

– लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’को काम गर्छ। शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ।

पखालाबाट छुटकारा
यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृत’ हुनसक्छ। यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ। यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ।

घाँटीको इन्फेक्सनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ। यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ। -एजेन्सीको सहयोगमा

No comments:

Post a Comment