अपहरणपछि हत्या गरिएका व्यबसायी श्रेष्ठको शव सल्यानको जंगलमा सडेको अबस्थामा भेटियो, शवलाई हेलिकप्टरबाट तुलसीपुर ल्याइयो (फोटो सहित) - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

अपहरणपछि हत्या गरिएका व्यबसायी श्रेष्ठको शव सल्यानको जंगलमा सडेको अबस्थामा भेटियो, शवलाई हेलिकप्टरबाट तुलसीपुर ल्याइयो (फोटो सहित)

दाङ,असार १६ | जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुर उपमहानगरपालिका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको सल्यानमा शव भेटिएको छ ।

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ को जंगलमा श्रेष्ठको शब फेला परेको प्रहरीले बताएको छ । जेठ २६ गते बेलुकादेखि अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अपहरणमा संलग्न ब्यक्तिहरुको बयानका आधारमा शुुक्रवार दाङ र सल्यानको संयुक्त प्रहरी टोलीले सो स्थानमा पुगेर शवको पहिचान गरेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट ब्यापारी श्रेष्ठको शवलाई तुलसीपुरमा ल्याइएको हो ।

। घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान, धादिङ, कास्की लगाएतका ठाउँका रहेको र विस्तृत विवरण सहित सार्वजनिक गरिने अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकराी दिनु भयो ।

घटनामा संलग्न केहिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार सहित केहिको खोजीमा रहेको प्रहरीले वताएको छ । राप्ती अञ्चल प्रहरी प्रमुख शाहले श्रेष्ठको फिरौती लिने उद्देश्यले अपहरण भएको वताउनु भयो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |

No comments:

Post a Comment