घरमा राख्न नभुल्नुहोस् यी १३ भाग्य चम्काउने यस्ता मांगलिक वस्तु - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

घरमा राख्न नभुल्नुहोस् यी १३ भाग्य चम्काउने यस्ता मांगलिक वस्तु

घरमा राख्न नभुल्नुहोस् यी १३ भाग्य चम्काउने यस्ता मांगलिक वस्तु
भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ ।
ओम : सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको अर्थ हुन्छ उपनिषद् । यसमा ब्रह्मा, विष्णु र महेशको प्रतीक तथा यो भूः लोक, भूवः लोक र स्वर्ग लोकको पनि प्रतिक हो । तामा, पीतल तथा अष्टधातुको ओम घरमा राख्ने गरिन्छ ।
स्वास्तिक – स्वास्तिकलाई शक्ति, सौभाग्य, समृद्धि र मंगलको प्रतिक मानिन्छ । यो मंगल प्रतीक गणेशको उपासना, धन, वैभव र ऐश्वर्यकी देवी लक्ष्मीको पूजामा विशेष स्थान छ । यसको चारै दिशाहरुको अधिपति देवताहरु, अग्नि, इन्द्र, वरुण एवम् सोमको पूजा हेतु एवप्ं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नका लागि प्रयोग गरिन्छ ।
कलश – कलश सुख र समृद्धिको प्रतीक मानिन्छ । एक कास्य वा तामाको कलशमा पानी भरेर त्यसमा आपको केही पात राखेर त्यसको मुखमा नरिवाल राख्नुपर्छ ।
शंख – शंख समुन्द्र मन्थनको समयमा प्राप्त भएका १४ अनमोल रत्नहरु मध्ये एक हो । लक्ष्मी माताको साथमा उत्पन्न भएका कारण यसलाई लक्ष्मी भ्राता पनि भनिन्छ । यही कारण, जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । शंख बजाउनाले स्वास्थ्यमा पनि लाभ मिल्छ । घरको वातावरण शुद्ध हुन्छ ।
दियो – सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतिक हो । परम्परागत दियो माटोको हुन्छ, जसमा पाच तत्व माटो, आकाश, जल, अग्नि र वायु हुन्छ । हिन्दु अनुष्ठानमा पञ्चतत्वको उपस्थिति अनुवार्य हुन्छ।
पञ्चसुलक – यो फिजिएको हातको छाप हो, जसमा पाँच तत्वको प्रतीक हो । हामीसँग जे–जति छ त्यो र हाम्रो शरीर पाँच तत्वले बनेको हुन्छ । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । जैन धर्ममा यसको निकै नै महत्व हुन्छ । हिन्दुहरुले भने जन्म र विवहको अवसरमा हातको छाप लगाउँछन् । मुख्य पवेशद्धारमा पञ्चसुलकको छाप लगाइएमा समृद्धि, सुख र शुभता ल्याउने विश्वास गरिन्छ ।
गरुड घन्टी – जुन ठाउँमा घन्टी बजेको नियमित आवाज सुनिन्छ, त्यहा वातावरण सधै सफा र पवित्र बन्ने मान्यता राखिन्छ । यसले नकारात्मक शक्तिलाई भगाउँछ । नकारात्मक शक्ति भाग्नु भनेको समृद्धिको ढोका खुल्नु हो ।
बाँसुरी – भगवान कृष्णको अतिप्रिय बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख–समृद्धि पनि रहिरहने हुन्छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक बताइएको छ ।
लक्ष्मीको प्रतिक कौडी – पहेलो रंगको कौडी लक्ष्मीको प्रतिक हो ।
मंगल सुत्र – यो मंगल सुत्र एक विवाहित नारीले पतिको कुशलताकासँग जोडिएको मंगल कामनाको प्रतीक हो ।
चम्किलो शालिग्राम – शिवलिंग जस्तै शालिग्रामको पनि धेरै चामत्कारिक लाभ छन् । शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिन्छ ।
मयुरको प्वाख – जसको खरमा मयुरको प्वाख राखिएको हुन्छ, त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने विश्वास गरिन्छ । भरमा १ देखि ३ वटासम्म मयुर प्वाख राख्नु राम्रो मानिन्छ ।
माला – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् ।

No comments:

Post a Comment