सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गर्ने निर्णय गरे पनि राष्ट्रपतिको चाहनाअनुसारको कार किन्न उक्त रकम अपुग भएको भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग थप १२ करोड रुपैयाँ मागेको हो ।
सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो श्रोतको दावी छ।
नेपाली सेनाले विश्वका केही नामी कार उत्पादक कम्पनीसँग गरेको कुराकानीका आधारमा राष्ट्रपतिले खोजे जस्तो विलासी कारको मुल्य अनुमान गरिएको हो। हुनत अहिले पनि भण्डारी करोडौंको गाडीमा नै सवार हुने गर्दछिन। तर पनि उनलाई अब यो भन्दा बिलासी र महंगो गाडी चढ्ने रहर जागेर आएको स्पष्ट हुन्छ । सेनाको माध्यम बाट नै गाडी किन्ने योजना हुदैछ ।
रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले छुट्टाएको ४ करोड रुपैयाँले भने जस्तो विलासी कार आउन नसक्ने भए पछी राष्ट्रपति कार्यालयले बाकी रकम थप्न माग गरेको हो | अब यसको अन्तिम निर्णय भने सरकारले नै गर्नेछ, रक्षाका प्रवक्ता उत्तमप्रसाद नगिलाले बताए |
राष्ट्रपतिको सुरक्षालाई मध्यनजरमा राख्दै बुलेट प्रुफ कार अनि रास्ट्रपतिको दाया बाया हिड्ने विलासी कार र एम्बुलेन्स खरिद गर्ने भएको निर्णय भएको हो | रास्ट्रपतिका लागी उक्त सवारी साधन कुन कम्पनि र कुन मोडलको किन्ने बारे सेनाले अहिले नै पुष्टि गरेको भने छैन |
भण्डारीले इच्छा गरे जस्तो कार खरिद गरे त्यो विश्व कै नामी रास्ट्रप्रमुखहरुको भन्दा पनि महँगो कार हुनेछ | हाल चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ ।
जिनपिङले आफ्नै देशमा बनेको ‘होङ्गी रेड फ्लाग’ कार चढ्छन्, जसको मूल्य मात्र ८ करोड रुपैया पर्न आउछ त्यस्तै विश्वको सबै भन्दा शक्तिशाली रुसी राष्ट्रपति पुटिनले मर्सिडिज एस सी लिमोसिन कार चढ्छन, जसको मूल्य मात्र २ करोड ५९ लाख रुपैयाँ पर्न आउछ । अब यसरी विश्लेषण गर्दा नेपालको राष्ट्रपतिलाई बढी महँगो र सुरक्षित कारको आवश्यक छ या ति विश्वका शिर्ष नेताहरुलाई ? जनता अहिले सोच्न बाध्य भएका छन |
देश नै रेमिट्यान्सले धानी रहेको बेला राज्यकोषको यसरी दुरुपयोग गर्नु अगाडी सरकारले सोच्नु पर्ने हुन्छ | कति सम्म गर्दा ठिक हुन्छ भन्ने विज्ञहरुबाट सल्लाह लिन जरुरि हुन्छ | sajhapage
No comments:
Post a Comment