शुभ नक्षत्र र संयोगले सजिएको साउन १० जुलाई सोमबारका दिन सर्वार्थ सिद्धि योग, उत्तरा असार नक्षत्रबाट सुरु भएर ७ अगस्ट रक्षाबन्धनसम्म चल्नेछ । साउनको दोस्रो सोमबार १७ जुलाईमा, तेस्रो सोमबार २४ जुलाईमा, चौथो सोमबार ३१ जुलाई र पाँचौं सोमबार ७ अगस्टमा रहनेछ । यसमा तेस्रो सोमबार २४ जुलाइमा पुष्य नक्षत्र रहनेछ ।
यसकारण यसपटक भगवान निलकण्ठ आफ्ना भक्तमाथि साउन महिनामा असीम अनुकम्पा बर्साउने ज्योतिषहरुको भनाई छ । ज्योतिषाचार्य बताउँछन् कि सर्वार्थ सिद्धि योगका बेला धेरै शुभ हुन्छ । सर्वार्थ सिद्धि योग अर्थात आफैमा आफै सिद्ध । यस दिन गरिएको पूजा वा हवन-यज्ञको महत्व धेरै हुन्छ । यसपटक अन्तिम सोमबारका दिन रक्षा बन्धन रहनेछ । यस दिन चन्द्रग्रहण पनि रहनेछ | एजेन्सी/दैनिकनेपाल
No comments:
Post a Comment