निक्कै अप्ठेरो ठाउमा तैरिरहेको एक पुरुष र एक महिलाको शव निकाल्न भने प्रहरीलाई गाह्रो भएको छ । ईलाका प्रहरी कार्यलय बेलचौतारको टोली आईतबार साँझ सो स्थान पुगेपनि निकाल्न नसक्ने भएपछि फर्किएको थियो । यस्ता खालका दुर्घटना हुदा उद्दार र खोजतलास गर्न नेपाल प्रहरीसंग कुनै औजार नभएको कारण निक्कै सास्ती भएको छ |
सेतीमा भेटिएको शब साउन २ गते सोमबार पोखरा लेखनाथ ३३ मा रहेको पशुपतिघाटमा नुहाउने क्रममा बेपत्ता भएका तिन जनामध्येको हुन सक्ने अनुमान गरिएको छ । किनकी उक्त शबको प्रकृति हेर्दा निक्कै पुरानो देखिन्छ | शव देखिएपछि कास्की प्रहरीमा खबर गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी बताए ।
पशुपतिघाटमा नुहाउदा बेपत्ता हुनेहरुमा दाङ जिल्ला साविकको ताप्रे गाविस ७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीय संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार छन । सोहि ठाउबाट हराएकी संगीता नेपालीको शव भने गत बुधबार नै तनहुँको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको थियो । प्रहरीले नदि किनारबाट बगेका तीनै जनाको कपडा र मोवाइल भने घटनाको भोलि पल्ट फेला पारेको थियो । बर्षायाम संगै सेतीनदीमा बर्षेनी यस्ता खाले घटनाहरु भै रहेपनि नेपाल प्रहरीसंग आवश्यक औजार नहुनाले गर्दा उद्दारको काम हुन नसकेको स्थानीयहरू बताउछन |
No comments:
Post a Comment