बि.स.२०७४ साउन १० गते । मंगलबार । ईश्वी सन् २०१७ जुलाई २५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण शुक्ल पक्ष । तिथि द्धितिया,१६ घडी ५१ पला,दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त तृतिया । नक्षत्र अश्लेषा ८ घडी ३१ पला, बिहान ०८ बजेर ४८ मिनेट उप्रान्त मघा । योग व्यातिपात ४४ घडि ५२ पला,रातको ११ बजेर २० मिनेट उप्रान्त वरियान । करण कौलव, दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ११ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कर्कट बिहान ८ बजेर ४८ मिनेट उप्रान्त सिंह । बराह जयन्ती । टौदहमा मेला । कल्की जयन्ती ।
काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ५५ मिनेट जादा । दिनमान ३३ घडी ४९ पला ।
मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुँनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
बृष (ई,ऊ,ए,ओ,वा, वी, वू, वे, वो) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।
तुला (रा,री, रु, रे, रो, ता, ती, तू ,ते) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।
बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।
धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे,खो,गा, गी) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२
No comments:
Post a Comment