उनकी प्रेमिका हुन् २५ वर्षीया एन्टोनिटा रोब्लेस साउदा । प्रेमी इब्राहिम कार चोरीको आरोपमा पक्राउ परेपछि उनलाई पिर पर्नु परेको थियो । झन उनलाई अदालतले नै ९ वर्षको जेल सजाय सुनाएपछि उनी विक्षिप्त अवस्थामा पुगिन् । उनले प्रेमी जोसेलाई छुटाउन गरेको प्रयास पनि सफल हुन सकेको थिएन ।
एक दिन उनी आफ्नो प्रेमी भेट्न जेलभित्र गइन् । उनको साथमा थियो ठूलो सुटकेस । सुटकेसभित्र उनले कपडा पनि टन्नै राखेकी थिइन् । गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटा आधा घन्टा जेलभित्रै बसिन् । उनका गतिविधिलाई कसैले पनि ध्यान दिएनन् । आधा घण्टापछि उनी जेलबाट बाहिरिन् । उनले सकी नसकी सुटकेस घिसारिरहेकी थिइन् ।
त्यो दृश्य देखेका एक जना सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए । जब उनले सुटकेस खोलिन्, सुटकेस भारी हुनुको पोल खुल्यो । सुटकेसमा उनकै प्रेमी बसेका थिए । उनी अत्यन्तै अप्ठेरो साथ पोको परेर बसेका थिए । प्रेमीलाई अप्ठेरो नहोस् भनेर उनले टन्नै कपडा राखेकी थिइन् । त्यसपछि सुरक्षाकर्मीले तुरुन्तै इब्राहिमलाई जेलभित्र हुले । उनकी प्रेमिका एन्टोनिटा पनि पक्राउमा गरे ।एजेन्सी
No comments:
Post a Comment