लामो समय सुत्ने बच्चाबच्चीले बढि सिक्छन्, बढि सम्झन्छन् - The Pride

Latest

BANNER 728X90

Saturday, July 1, 2017

लामो समय सुत्ने बच्चाबच्चीले बढि सिक्छन्, बढि सम्झन्छन्

लामो समय सुत्ने बच्चाबच्चीले बढि सिक्छन्, बढि सम्झन्छन्
बाल्यवस्थामा सिकाइ तथा स्मरणलाई ससक्त बनाउने मुख्य चुरो लामो निद्रा रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
१२ महिनासम्मको उमेरका २ सय १६ जना बालबालिकाहरुमा गरिएको अध्ययनले कुनै काम गरेपश्चात लामो समयसम्म सुत्न नपाएका बालबालिकाहरुले आफुले त्यसपछि गर्नुपर्ने काम सम्झन नसकेको पाइयो ।
बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले कुनैपनि कुरा सिक्नका लागि उपयुक्त समय सुत्नुअगाडिको समय रहेको र रातमा सुत्नुअगाडि पढ्ने बानी निकै महत्वपूर्ण रहेको ठहर समेत गरेका छन् ।
सिकाइ वा पढाइपछिको सुताइ निकै आवश्यक हुने भन्दै शोधकर्ताहरुले अझ लामो र गहिरो निद्राको महत्व बाल्यकाल अर्थात् जिवनको उत्तरार्धतिर निकै धेरै हुने बताएका छन् ।
अध्ययनका क्रममा शोधकर्ताहरुले बालबालिकाहरुलाई समान रुपमा केही काम सिकाए । त्यसरी सिकेका मध्ये केही बालबालिकाहरु सिक्दाकै चरणमा समेत सुते र उठ्दै सिक्दै समेत गरे । कतिपय बालबालिकाहरु भने निकै कममात्र सुते । ती सबै बालबालिकाहरुलाई अर्कोदिन उनीहरुले अघिल्लो दिन सिकेको काम गर्न लगाइयो ।
त्यसक्रममा के पाइयो भने जो बालबालिकाहरु अघिल्लो दिन सिक्दाकै चरणमा र त्यसपछि समेत मज्जाले सुतेका थिए उनीहरुले अघिल्लो दिन सिकेको काम स्मरण गरि पुनः नबिराइ गर्न सके । कम सुत्ने वा नसुतेका बालबालिकाहरुले भने अघिल्लो दिन सिकेको कुरा राम्ररी सम्झन सकेनन् ।
बेलायतको नेसनल एकेडेमी अफ साइन्स जर्नलमा छापिएको शोधमा शोधकर्ताहरुले सिकाइका लागि बच्चाको जस्तो सुताइ आवश्यक रहेको बताएका छन् ।
यद्यपि वयस्कहरुका लागि कुनै कुरा सिकेपछि वा तालिम लिएपछि सुत्नु अर्थात् निदाउनु लाभदायी भएपनि सिक्दाकै बखतमा तन्द्रामा जानु भने सकारात्मक नहुने कतिपय विज्ञहरुको भनाइ छ ।

No comments:

Post a Comment