यीनै १७ बर्षिय किशोरी छोरीसंग सम्बन्ध राख्न लगाएर बाउले ब्यापारी श्रेष्ठको अपहरण गरि जंगलमा लगेर हत्या गराएका थिए (फोटो सहित) - The Pride

Latest

BANNER 728X90

Saturday, July 1, 2017

यीनै १७ बर्षिय किशोरी छोरीसंग सम्बन्ध राख्न लगाएर बाउले ब्यापारी श्रेष्ठको अपहरण गरि जंगलमा लगेर हत्या गराएका थिए (फोटो सहित)

काठमाण्डौ, १६ असार । केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले शुक्रबार घटनामा संलग्न भई पक्राउ परेका केहीलाई सार्वजनिक गर्दै अपहरण र हत्यामा बाबुुछोरी लगायतको समूह नै संलग्न रहेको र अपहरणको मुख्य उद्देश्य मोटो रकम फिरौतिको रुपमा असूल गर्नु रहेको देखिएको प्रष्टाएको हो ।

अपहरणका मुख्य योजनाकार तुल्सीपुर ६ का ४० वर्षीय निर्मल भनिने टिकाराम घर्तिले आफ्नी १७ वर्षीया छोरी पूजा र अन्य एक किशोरीलाई प्रयोग गरी व्यापारी श्रेष्ठलाई जालमा पारेको र समूह नै मिलेर अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।

अपहरणकारीहरुले श्रेष्ठको मुक्तिका लागि ३ करोड फिरौति मागेका थिए । श्रेष्ठ परिवार ३ करोड दिन सहमत भइसकेको थियो । तर, घनाजंगलमा श्रेष्ठ बिरामी परी अचेत भएपछि सबै फसिने डरले अपहरणकारीहरुले हत्या गरेको बयान दिएका छन् । व्यापारी श्रेष्ठ ब्लड प्रेसर र सुुगरका बिरामी थिए । अपहरणको तीन दिनसम्म औषधि नखाएका उनी जंगलको लामो हिडाईपछि बेहोस भएका र अपहरणकारीहरुले नै ढुंगाले किचेर विभत्स ढंगले हत्या गरेका देखिएको छ ।
को–को थिए संलग्न ?
अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो ।
अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ ।
पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । – बिजशालाबाट

No comments:

Post a Comment