लाजवन्ति झारको अदभूत औषधिय गुण…एकचोटी पड्नुहोस - The Pride

Latest

BANNER 728X90

Tuesday, July 18, 2017

लाजवन्ति झारको अदभूत औषधिय गुण…एकचोटी पड्नुहोस

लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो।

गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन्।भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्।

गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ।
यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन्।
आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ।
त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।
लाजवन्ति झारको पातको धुलोलाई मख्खनसंग मिलाएर बाबाशिरको घाउमा दिनस्को दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ।
त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ।
यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ।
त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारिरिक दुर्बलता पनि कम हुन्छ।
लाजवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ।

source:-Dainik online

No comments:

Post a Comment