पूजा गर्दा हाम्रा मनोकामनाहरू पूर्ण हुन्छन् । तर पूजा गर्दा केही खास नियम पालन गर्नुपर्छ नत्र पूजाको शुभ फल प्राप्त हुँदैन । पूजा गर्दा चुकियो भने घरमा दरिद्रता, रोग र अशान्ति आउँछ ।
यहाँ हामी पूजा गर्दा के गर्नुपर्छ र के गर्नु हुँदैन, त्यसको जानकारी दिँदैछौं ।
घरमा पूजापाठ गर्दा जहिलेपनि दुईवटा दियो बाल्नुपर्छ । एउटा दियो घिरमा अनि अर्को तेलमा बाल्नुपर्छ ।
पूजाको अन्त्यमा सधैं आरती गर्नुपर्छ र आरती गरेको ठाउँलाई तीनचोटि परिक्रमा गर्नुपर्छ ।
पूजाका बेलामा दियोबाट धूप बाल्न हुँदैन । यसो गर्दा घरमा दरिद्रता आउँछ ।
पूजा गर्दा कहिलेपनि दियोसँग जोतेर दियो बाल्नु हुँदैन । यस्तो गर्दा घरमा रोग भित्रिन्छ ।
पूजा गर्दा धूप वा दियो बालेपछि सलाईको काँटीलाई फुकेर निभाउनु हुँदैन । यसो गर्दा घरबाट लक्ष्मी भाग्छिन् ।
धर्मशास्त्रहरूका अनुसार बाँसबाट बनेको धूप बाल्नु हुँदैन । धूप बाल्ने सुगन्धका लागि मात्र होइन । राम्रो धूप ल्याउनुभएन भने घरमा गरीबी आउँछ ।
यी सब विधि अपनाएर पूजा गर्नुभयो भने तपाईंलाई धनदौलतको कमी हुने छैन । नास्तिकलाई त पूजाआजाको मतलब हुँदैन तर गरीबीको समस्या आयो भने उसले कसैलाई गुनासो गर्ने ठाउँ पनि पाउँदैन ।
No comments:
Post a Comment