ब्रत बस्दा यी ७ कुरा खानुहोस् - The Pride

Latest

BANNER 728X90

Tuesday, July 18, 2017

ब्रत बस्दा यी ७ कुरा खानुहोस्

एजेन्सी– हिन्दू परम्परालाई अनुशरण गर्नेहरु विभिन्न देवी–देवताका नाममा ब्रत बस्ने चलन छ। सात वटा बारलाई कुनै न कुनै देवी–देवतासँग जोडेर मान्छेहरु ब्रत बसेका भेटिन्छन्। त्यसो त देवी–देवतामाथि उति साह्रो आस्था नराख्नेहरु पनि स्वास्थ्यका खातिर कहिले काहीँ उपबास बस्ने गर्छन्। उपबास बस्दा सँधै खाने गरिएका खानेकुरा खाने चलन हुँदैन। तर, पूर्णरुपमा भोको पेट बस्नु पनि हुँदैन। त्यसैले उपबास बसेका बेला निम्न फलफूल वा खानेकुरा खानु विशेषगरी फाइदाजनक हुन्छः
सखरखण्डः यसमा अत्यधिक फाइबर हुन्छ। जसले तौल घटाउन सहयोग गर्छ। यसमा हुने पोटासियमले तत्काल ऊर्जा दिन्छ। सखरखण्डलाई उसिनेर खानुपर्छ।
केराः केरामा पनि अत्यधिक पोटासियम र कार्बोहाइड्रेड हुन्छ। धेरै केरा खाँदा शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ। केरा खाँदा उपबासको समयमा कमजोरी रहँदैन। केरालाई सलाद वा लसी बनाएर पनि खान सकिन्छ।
अनारः अनारले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा हुने एन्टिअक्सिडियन्टले शरीरलाई स्फुर्ती दिलाउँछ। उपबास बस्दा अनारलाई जुस बनाएर खानु राम्रो हो।
स्याउः स्याउमा फाइबर र आइरनको मात्रा हुने भएकाले स्याउ खाँदा तत्काल भोक लागेको महसुस हुँदैन। यसले रक्त अल्पताबाट समेत बचाउँछ।
नट्सः काजु, बदाम, पास्ता जस्ता नट्समा पाइने म्याग्नेसियमले दिमागलाई चंगा बनाउँछ। यसले शरीरमा ऊर्जा प्रदान गर्छ।
दहीः दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ, जसले पर्याप्त ऊर्जा दिन्छ। उपबासको समयमा दही खाँदा अल्छी र कमजोरी हटाउँछ। दहीमा सखरखण्ड, केरा मिसाएर वा लस्सी बनाएर खान सकिन्छ।
काँक्रोः काँक्रोमा अत्यधिक पानीको मात्र हुने भएकाले शरीरलाई डिहाइड्रेड हुनबाट जोगाउँछ।

No comments:

Post a Comment