आफु जुवाखाल बाट पक्राउ परेको समाचार बारे प्रेस विज्ञप्ति जारी गर्दै मुख खोले गाएक बद्री पंगेनीले(विज्ञप्तिसहित) - The Pride

Latest

BANNER 728X90

Wednesday, July 19, 2017

आफु जुवाखाल बाट पक्राउ परेको समाचार बारे प्रेस विज्ञप्ति जारी गर्दै मुख खोले गाएक बद्री पंगेनीले(विज्ञप्तिसहित)

काठमाडौं, साउन ४ । जुवाको खालबाटै पक्राउ परेको समाचार एकाएक सामाजिक संजालमा आएक पछी चर्चित लोक गायक बद्री पंगेनीले उक्त समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यगत नभएको उल्लेख गरेका छन | आफु संगै ११ जना पक्राउ परेको खबरको उनले एक विज्ञपित प्रकाशित गर्दै उक्त खबर गलत रहेको बताएका छन |

दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले आफु होइन लोकदोहोरी प्रतिष्ठानमै आवद्ध एक जना गायक पक्राउ परेको र उक्त कुरा बुझ्न प्रहरी समक्ष मात्र पुगेको कुरा व्यक्त गरेका छन् |

प्रेस विज्ञप्ति
आदरणीय सञ्चारकर्मी मित्रहरु,
विभिन्न सञ्चारमाध्यममा म बद्री पंगेनी मंगलबार राति जुवा खालबाट पक्राउ परेको भनी प्रशारित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मंगलबार राति म कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही आफ्नै घरमा रहेको जानकारी गराउन चाहन्छु । बरु, मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ ।

उहाँहरु तास खेलिरहेको अवस्थामा समातिनुभएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ । तर, जसरी आफैँ पक्राउ परेको भनी मेरो मान मर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु । साथै, म बारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।

बद्री पंगेनी
कलाकार
मिति– २०७४।४।४

No comments:

Post a Comment