तपाईको आजको राशिफल : २०७४ साल श्रावण १६ गते सोमबार (भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Sunday, July 30, 2017

तपाईको आजको राशिफल : २०७४ साल श्रावण १६ गते सोमबार (भिडियो सहित)

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल श्रावण १६ गते सोमबार नेपाल सम्बत ११३७ गुलाथ्व,सन् २०१७ जुलाई ३१ तारिक शुक्ल पक्ष अष्टमी तिथि विहान ११ वजेर १९ मिनेटसम्म, स्वाती नक्षत्र मध्यान्ह १२ वजेर ७ मिनेटसम्म, शुभयोग, बवकरण, आनन्दादियोग छत्र, सूर्य कर्कट राशीमा,चन्द्रमा तुला राशीमा ।

सूर्योदयबाट विहान ७÷७ वजेसम्म अमृत वेला,७÷७ वजे देखि ८÷४८ वजेसम्म काल वेला,८÷४८ देखि १०÷२८ वजेसम्म शुभ वेला,१०÷२८ देखि १२÷८ वजेसम्म रोग वेला,१२÷८ देखि १÷४९ वजेसम्म उद्वेग वेला,१÷४९ देखि ३÷३० वजेसम्म चर वेला,३÷३० देखि ५÷११ वजेसम्म लाभ वेला र ५÷११ देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल जेठ २६ गते शुक्रबार (भिडियो सहित)
मेष
आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । समयमा गरेका काम हुनेछन्,ढिला गरेमा आफैलाई घाटा हुनेछ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

बृष

मनोबल उच्च गरेर काम गर्नु होला र सवैलाई आफ्नो ठानेर काम नगर्नु होला धोका दिन सक्छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । आम्दानीका स्रोत बढ्ने छन् ।

मिथुन

मन अस्थिर हुने छ । काम गर्ने जोश जागर घट्ने छ । समयमा गर्न सकिएन भने काममा अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ ।
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल वैशाख ८ गते शुक्रबार

कर्कट

घरका कुराले मन दिक्क हुनेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क रहनु होला । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

सिंह

अल्मलमा नपरि लगनशिल भई काममा लाग्नु होला गरेका काम धेरै जसो सफल हुने छन् । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अर्थोपार्जन राम्रै होला ।

कन्या

भ्रमबाट मुक्त भई काम गर्नु होला । धनका कुराले बढि पिरोल्नेछ । संचित धन नास हुन सक्छ । घरका समस्या मिलाउन समय लाग्ने छ । व्यापार व्यवसायबाट खासै लाभ हुने छैन ।

तुला

काम गर्ने उत्साहा घट्ने छैन । गरेका अधिकाँश काम सफल हुनेछन् । वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायबाट सामान्य लाभ होला ।

बृश्चिक

भाग्य खोसिन सक्छ सतर्क रहनु होला । विवादबाट टाढा बस्नु होला । अनावस्यक दोष लाग्न सक्छ । काम गरेर जश पाईने छैन । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट आउन सक्छ ।
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल आषाढ २८ गते बुधबार (भिडियो सहित)

धनु

धार्मिक विश्वास बढ्नेछ । बक्यौता रकम उठ्न सक्छ,प्रयत्न गरेको खण्डमा । आर्थिक कारोवारमा चनाखो रहनु होला । पढाई लेखाईमा प्रगति हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

मकर

परिस्थितिले साथ दिनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले आज काम बन्ने छन् । गरेका कामबाट लाभ राम्रै होला । नयाँ कामको अवसर आउन सक्छ ।

कुम्भ

दैनिक काम काजमा समस्या देखिने छन् । विना सोच विचार गरेका कामबाट हानी नोक्सानी हुन सक्छ । आफ्ना काममा भन्दा अरुका काममा बढि चासो दिदा कुनै फाइदा हुने छैन ।

मीन

सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा अवरोध आउन सक्छ । लेनदेनका कुराले मनलाई अशान्ति बनाउने छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला ।

No comments:

Post a Comment