दाङअसार २६ । दाङको ग्वारखोलामा आएको बाढीले एउटा यात्रुबाहक बसलाई बाढीले बगाएको छ । बसलाई बगाएपछि यात्रुहरु समस्यामा परेका छन् ।घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने ग्वारखोलामा आएको भेलले आइतबार बसलाई बगाएपछि यात्रुहरुलाई प्रहरी र स्थानीय बासिन्दाहरुले उद्धार गरेका थिए । केही दिन अघिदेखि लगातार परेको बर्षाका कारण दाङका बिभिन्न खोलाहरुमा पानीको बहाव बढ्दै गएपछि सवारी साधन संचालन गर्नसमेत समस्या परेको छ ।
बर्षातको भेलका कारण घोराही लमही सडक खण्डको बबई, घोराही तुलसीपुरको संक्राम, ग्वार खोलालगायतका ठाउँमा यातायात सेवा संचालन गर्न समस्या परेको हो । खोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनलाई खोला पार गर्न समस्या परेको स्थानीय कृष्ण चौधरीले बताए । चौधरीका अनुसार यस क्षेत्रका झण्डै एक दर्जन खोलाहरुमा बर्षादको समयमा यात्रु र सवारी साधनलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ ।
भिडियो हेर्नुहोस्
Monday, July 10, 2017
New
हेर्दाहेर्दै दाङमा यात्रुसहितको बस बाढीले बगायो(भिडियो सहित)
About z
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment