जापानमा मैले जे भोगेँ… २ मिनेट समय दिएर पढ्नुस जिबनभर को लागि हुन्छ - The Pride

Latest

BANNER 728X90

Tuesday, July 18, 2017

जापानमा मैले जे भोगेँ… २ मिनेट समय दिएर पढ्नुस जिबनभर को लागि हुन्छ

सविना रेग्मी
त्यसताका भर्खर-भर्खर जापान आइपुगेकी म भाषाको कमजोरीले काम पाउन गाह्रो थियो । न त यहाँ अङ्ग्रेजी चल्थ्यो । भाषा नजानी विकल्प थिएन । कामको खोजीमा हेल्लो वर्क पुगेँ । एउटा रेष्टुरेन्टमा इन्टरभ्यूको लागि पठाइयो ।

भाग्यले साथ दियो । जनवरी २० तारेख बेलुका ५ बजेबाट मेरो काम थियो । पहिलो दिन ३० मिनेट अगाडि आइपुग्नुपर्ने चिफको आदेश थियो । नेपालबाट भर्खर आएकीले समयसँग हिड्न मलाई धौ-धौ पर्थ्यो । सेकेन्डको महत्व त्यतिबेला बुझेकी थिएँ, जतिबेला सेकेन्डले ट्रेन छुटेर काम फुत्केको थियो ।सेतो सट, कालो पाइन्ट, बाहिर एप्रोन बाँधेको मान्छे काउन्टरनेर थियो । आजबाट काम छ भनेपछि उसले लिडरलाई बोलायो । ड्रेस चेन्ज गरेपछि सबैसँग परिचय गराउने क्रम थियो ।

किचनको बाहिरपट्टी उही सेतो सट, कालो पाइन्ट बाहिर एप्रोन लगाएर हतार-हतार भाँडा मस्काउँदै मेसिनमा हाल्दै गरेको मानिसमा आँखा पुग्यो । ऊ कहिले ड्रिङ्स बनाउन आइपुग्थ्यो । हलका अरु ड्रिङ्स आेसार्दै थिए । लिडरले मलाई अभिवादनसहित हात धुन सिकाउँदै थिए ।भाँडा मस्काउँदै गरेको मानिस म नजिक आयो । लिडरले परिचय गरायो । ऊ म्यानेजर रे । म झस्किएँ !!न त उसको घुमाउने कुर्ची थियो त्यहाँ न त अरुमाथि आदेश । न त काम ठूलो सानो थियो न त मैले सोचेजस्तो म्यानेजर थियो ऊ ।

हजुरआमासँग टपरी गाँस्न अघि सर्दा ‘पढ्नुपर्छ, अहिलेको जमानामा नपढेकाले पियनको जागिर नि पाइन्न’ भनेर हप्काउनु हुन्थ्यो ।‘पियन भनेको कस्तो हो ?’ मेरो उत्सुकतामा ‘अरुको जुठो भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने’ हजुरआमाको उत्तर थियो ।

धेरै पढेपछि कुर्चीमा बसेर साइनको भरमा पैसा कमाइन्छ, नाम कमाइन्छ, हजुरआमा भन्नुहुन्थ्यो । मानौ ठूला मानिसले सरसफाइको काम छुनै हुँदैन । यस्तै संस्कारबाट हुर्केकी अनि जागिरको सिलसिलामा पनि म्यानेजरको कुर्ची र चर्को आवाज मात्र सुनेकी मलाई यता म्यानेजरको भाँडा मझाई र ट्वाइलेट सफाई देख्दा आश्चर्य लाग्नु पक्कै अस्वभाविक थिएन ।

कामलाई नै सर्वस्रेष्ठ मान्ने यहाँ फरक देश, फरक भाषाका मानिसलाई नि कत्ति मज्जाले काम सिकाउँछन् । कामलाई ठूलो सानो मानिँदैन । जतिबेला पनि व्यस्त देखिन्छन् । यिनीहरुको जीवन के दिन के रात ! सुत्ने समय कम हुन्छ ।व्यस्त जीवनका कारण ट्रेनमा यात्रामा सुतेको देखिन्छ । यिनै नागरिकको अनुशसासन, लगनशीलता र मेहनतले विकासको द्रुत गतिमा पुगेको देश हो जापान । यिनीहरुबाट हामीले नि केहि सिक्नुपर्छ की ?

No comments:

Post a Comment