नातिनीको पेटमा बाजेको गर्भ - The Pride

Latest

BANNER 728X90

Wednesday, July 19, 2017

नातिनीको पेटमा बाजेको गर्भ

धनगढी : कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकतानगर मुक्तकमैया शिविरका ६५ वर्ष मानबहादुर चौधरी, आफ्नै १३ वर्षीया नातिनीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन्। बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले चौधरीलाई पक्राउ गरेको हो।

कामका लागि बालिकाका बाबुआमा काठमाडौं गएका बेला हजुरबाले नातनीसँग शारीरीक सम्बन्ध राखेर गर्भवती बनाएको रहस्य खुलेको बाल हेल्पलाईन, सिविनका कार्यक्रम संयोजक माधव लोहनीले जानकारी दिनुभयो। सिविनमा परेको उजुरीका आधारमा लोहनी नेतृत्वको टोली मंगलबार एकतानगर शिविर पुगेको छ।

बाजेले जबरजस्ती करणी गरेको बालिकाले स्वीकार गरेको लोहनीले बताउनुभयो। काठमाडौंमा काम गर्न गएका बालिकाका आमाबुबा स्थानीय तहको चुनावताका मतदानका लागि घर आएका हुन्। आमाबुबाले छोरी अप्रत्यासित रुपमा मोटाइरहेको देखेपछि सोमबार टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।

अस्पतालले बालिकाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको बताएपछि बाजेले बलात्कार गरेको रहस्य खुलेको लोहनीले जानकारी दिनुभयो । प्रहरीले वृद्धलाई मंगलबार नै पक्राउ गरी जबरजस्तीकरणी मुद्धा दर्ता गरेको छ।

‘चौधरीका तीन छोरी मध्ये, बलात्कारमा परेकी ठूली हुन, दुई त्यो भन्दा पनि साना छन्, तीन छोरीहरु बाजेबज्यैको जिम्मा छोडेर बालिकाका बुवाआमा कामका लागि काठमाडौंमा छन्, त्यही मौकामा बलात्कार गरेको भेटिएको छ’, लोहनीले भन्नुभयो।

बालिका, बालिकाका बुबाआमा र पक्राउ परेका बाजेलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। annapurnapost

No comments:

Post a Comment