भरतपुर महानगरपालिको वडा नंं.१० स्थित थकाली भान्सा घरमा छापा मार्दा पुलीस नै चकीत (खुल्यो यस्तो रहस्य ) - The Pride

Latest

BANNER 728X90

Thursday, September 14, 2017

भरतपुर महानगरपालिको वडा नंं.१० स्थित थकाली भान्सा घरमा छापा मार्दा पुलीस नै चकीत (खुल्यो यस्तो रहस्य )

चितवन, २८ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले सेटिङमा खेलाईएको जुवा अखडामा छापा मारी २१ जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिको वडा नंं.१० स्थित थकाली भान्सा घरमा कौडा खेली रहेको अवस्थामा चितवन प्रहरीको सादा पोसाकको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूबाट १२ लाख पचास हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।पक्राउ पर्नेहरूमा दीपक थापा, रोसन राना मगर, रितिक घिमिरे, बुद्ध गुरुङ, राजु गुरुङ, दीपक थापा मगर, बिजन श्रेष्ठ, दीपेश गुरुङ, अशोक प्रजापति, युवराज चन्द्र बिष्ट रहेका छन् ।जुवा अखडा चलाउने राजन कार्की सुरुमा नै भागेका छन् । प्रहरी स्रोतका अनुसार उक्त जुवा अखडाबाट जिल्लाकै घुमुवा असई कमल परियारले रकम असुल्दै आएका थिए ।

तीन नम्वर प्रदेशका प्रमुख एआईजी केशरीराज घिमिरेले रकम असुल्न परिचालन गरेका असई परियारले उक्त जुवा अखडादेखि नारायणगढका ट्रान्स्पोर्ट, चोरीको गिरोहबाट रकम असुल्दै आएको उजुरी जिल्लामा परे पनि एसपी दीपक थापाले उनलाई कुनै कारवाही गर्न नसकेको आरोप छ ।चनौली र सौराहामा पनि दैनिक लाखौको जुवा सञ्चालन भैरहेको स्रोतको भनाइ छ । त्यहाँ पनि एआईजीकै दबाबमा छापा हान्न नदिइएको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।चितवनमा आपराधिक गतिबिधी कमजोर बनाउन एसपी थापा निरन्तर लागे पनि एआईजी घिमिरे नै बाधक बन्दै आएको आरोप छ ।

No comments:

Post a Comment