उत्तर कोरियाद्वारा शक्तिशाली परमाणु परीक्षण, दक्षिण कोरियामा भूकम्प - The Pride

Latest

BANNER 728X90

Saturday, September 2, 2017

उत्तर कोरियाद्वारा शक्तिशाली परमाणु परीक्षण, दक्षिण कोरियामा भूकम्प

बीबीसी । राष्ट्र संघको निर्देशन विपरीत उत्तर कोरियाले फेरि शक्तिशाली परमाणु परीक्षण गरेको छ। उत्तर कोरियाले गरेको परमाणु परीक्षणबाट भूकम्पको धक्का समेत महसुश गरिएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार परमाणु परीक्षणबाट ५ दशमलव ६ रेक्टको भूकम्पको धक्का महशुस गरिएको छ।

उत्तर कोरीयाले परमाणु परीक्षण गर्नासाथ दक्षिण कोरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ।

उत्तर कोरियाले पछिल्लो समय डिसेम्बरमा पनि परमाणु परीक्षण गरेको थियो। परमाणु परीक्षण गर्नु भन्दा केही समय अघि उत्तर कोरियाका नेता किम जोङले एक परमाणु बमका साथ तस्वीर सार्वजनिक गरेका थिए। उत्तर कोरियाका सरकारी मिडियाले उक्त बम मिसाइलमा लगाउन मिल्ने दाबी गरेका थिए।

No comments:

Post a Comment