चावहिलमा रेखा थापाको कार दुर्घटना रेखा भन्छिन ‘मरिसकेको थिएँ, धन्न बाँचे’ - The Pride

Latest

BANNER 728X90

Wednesday, October 11, 2017

चावहिलमा रेखा थापाको कार दुर्घटना रेखा भन्छिन ‘मरिसकेको थिएँ, धन्न बाँचे’

‘रुद्रप्रिया’ रिलिजको संघारमा नायिका तथा निर्मात्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ । रेखालाई ट्रकको ठक्करबाट कुनै क्षति भएको छैन
रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । आफैंले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिंदा निमेषले बाँच्न सफल भएको रेखाले बताइन् । कात्तिक २ गतेदेखि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ प्रचार प्रसारमा रेखा व्यस्त छिन् ।

No comments:

Post a Comment