'प्रकाश दाहालको मृत्यु राति ३ बजे नै' - The Pride

Latest

BANNER 728X90

Saturday, November 18, 2017

'प्रकाश दाहालको मृत्यु राति ३ बजे नै'

काठमाडौं- प्रकाश दाहालको निधन राति ३ बजे नै भएको नर्भिकका चिकित्सकहरुले बताएका छन्। अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत् उनको मृत्यु अस्पताल ल्याउन ३ घन्टाअघि मृत्यु भएको जानकारी दिइयो। दाहाललाई बिहान ५:५० बजे नर्भिक पुर्‍याइएको थियो।

नर्भिक अस्पतालका डाक्टर जेपी जैसवालले अस्पताल ल्याउनअघि नै प्रकाश दाहालको मृत्यु भएको बताए। 'आज बिहान ५:५० बजे अस्पताल ल्याएका प्रकाश दाहालको आकश्मिक हृदयघातका कारण निधन भइसकेको थियो। उनको मृत्यु अस्पताल ल्याउन ३ घन्टाअघि नै भइसकेको थियो,' उनले भने।

अस्पताल ल्याउँदा आँखामा कुनै रियाक्सन नरहेको र पल्स पनि नभएको उनले बताए। 'यहाँ ल्याउँदा आँखामा कुनै रियाक्सन थिएन। पल्स पनि थिएन। केही खाएको पनि देखिँदैन,' डाक्टर जैसवालले भने।

२०३८ सालमा जन्मिएका दाहालको शव अहिले पार्टी कार्यालय पेरिस डाँडा लगिएको छ।

No comments:

Post a Comment