बाटोमा एकले अर्कालाई धकेल्दै र गाली गर्दै घरतर्फ हानिए । पहिलेदेखि नै परिचित उनीहरूबीच एउटा सानो विषयमा विवाद भयो । ‘हिजोसम्म ज्यामी थिइस्, अहिले सिपाही भएपछि निकै ठूलो भइस् होइन रु’ भन्दै परियारले पाख्रिनलाई गाली गरे । विवाद बढ्दै जाँदा दुईबीच कुटाकुट भयो । मनपरी गाली गरेपछि मदिरामा मात्तिएका पाख्रिनले उनलाई टाउकोमा ढुंगाले हानेर त्यहाँबाट भागे ।
बिहान शव भेटियो
टाउकोमा गम्भीर चोट लागेका परियारको बेलुका नै मृत्यु भएको थियो । शव भने बुधबार बिहान साढे ६ बजे भेटियो । तीनघट्टे भन्ने स्थानको एकान्त सडकमा हत्या भएकाले उनको शव बिहान मात्र स्थानीयले देखेका थिए । दलित नेतासमेत भएकाले परियारलाई उक्त टोलमा धेरैले चिनेका व्यक्ति थिए, त्यसकारण सनाखत गर्न प्रहरीलाई गाह्रो भएन । तर, उनलाई कसले मार्यो त्यो पत्ता लगाउन भने निकै गाह्रो थियो । तैपनि, प्रहरीले ६ घन्टामै अभियुक्तलाई पक्राउ गर्न सफल भयो ।
‘हिजोसम्म ज्यामी थिइस्, अहिले सिपाही भएपछि निकै ठूलो भइस् होइन रु’ भन्दै परियारले पाख्रिनलाई गाली गरे । विवाद बढ्दै जाँदा दुईबीच कुटाकुट भयो । मनपरी गाली गरेपछि मदिरामा मात्तिएका पाख्रिनले उनलाई टाउकोमा ढुंगाले हानेर त्यहाँबाट भागे ।
घटनास्थलमा प्रहरीले म्यादी प्रहरीले लगाउने युनिफर्मको सानो टुक्रा फेला पारेको थियो । त्यसका साथै केही स्थानीयले दुईजनाबीच बेलुका भएको भनाभन सुनेका थिए । तर, परियारसँग झगडा गर्ने व्यक्तिलाई स्थानीयले चिनेका भने थिएनन् । झगडाको क्रममा परियारले भनेको एउटा वाक्यले प्रहरीलाई अनुसन्धान सहज भयो । ‘हिजो ज्यामी थिइस्, अहिले जवान भएपछि ठूलो मान्छे भइस्, होइन’ भन्दै परियारले गाली गरेका थिए । त्यस हिसाबले हत्यामा कोही प्रहरी नै संलग्न भएको प्रहरीको आशंका थियो ।
जब कुकुर पाख्रिनको डेरामा पुग्यो
विभिन्न तथ्यहरू खोतल्दै प्रहरीको आशंका पाख्रिनसम्म पुग्यो । उनको मोबाइल स्विच अफ थियो । बिहान १० बजे कार्यालय आउनुपर्नेमा नआएपछि उनीमाथि थप आशंका बढ्यो । ललितपुर प्रहरीले तालिमप्राप्त कुकुरसमेत अनुसन्धानमा झिकाएको थियो । उक्त कुकुर घटनास्थलबाट सीधै पाख्रिनको डेरा रहेको कोठामा पुग्यो । जसले घटनामा उनको संलग्नतालाई थप प्रमाण दियो ।
तर, उनी कोठाबाट भागिसकेका थिए । उनले एक साथीलाई फोन गरेका थिए । सो कुरा पत्ता लगाएपछि तिनै साथीमार्फत उनलाई दिउँसो करिब १ बजे भैँसेपाटीबाट पक्राउ गर्यो । पक्राउ गरेपछि उनले आफूले हत्या गरेको स्विकारेको महानगरीय प्रहरी परिसर लतिपुरका डिएसपी ईश्वर कार्कीले बताए । आफूलाई धेरै हेपेर गाली गरेपछि रिसको आवेगमा हत्या गरेको उनले बताएका छन् ।
हत्या गरेर आत्महत्याको नाटक
श्रीमतीको हत्या गरेर आत्महत्या गरेको भनेर प्रहरीलाई खबर गर्ने एक युवक पक्राउ परेका छन् । गोरखा घर भई लाजिमपाट बस्ने राजन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले लाजिमपाटस्थित आफ्नै डेरामा श्रीमती रञ्जु घलेको हत्या गरेका हुन् । सुरुमा उनले श्रीमतीले आत्महत्या गरेको भनेर खबर गरेका थिए । धेरै स्लिपिङ ट्याब्लेट खाएर श्रीमतीले आत्महत्या गरेको बताएका थिए । तर, पोस्टमार्टम रिपोर्टमा घाँटी न्याकेर उनको मृत्यु भएको रिपोर्ट आएपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको छ ।
उनले आफूहरूबीच झगडा भएको स्विकारेका छन् । करिब तीन वर्षअघि उनीहरूले बिहे गरेका थिए । उनीहरूबीच पटकपटक झगडा हुँदै आएको थियो । २५ वैशाखमा पनि भगडा भएको थियो । ‘मेरो अर्को केटा छ, तिमी यो कोठा छाडेर जाऊ’ भनेपछि अधिकारी कोठा खोज्न भनेर निस्किएका थिए । फेरि कोठामा फर्किंदा भित्रबाट चुकुल लागेको र बोलाउँदा नबोलेपछि फुटाएर भित्र छिर्दा श्रीमतीलाई लडिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको उनले बयानमा दिएका छन् । अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए ।
No comments:
Post a Comment