भरतपुरमा एकाएक सोच्नै मुस्किल पर्ने गरी आयो यस्तो मत परीनाम - The Pride

Latest

BANNER 728X90

Friday, May 19, 2017

भरतपुरमा एकाएक सोच्नै मुस्किल पर्ने गरी आयो यस्तो मत परीनाम

काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो । अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा नेकपा एमालेले लिड गरिरहेको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

यी मध्ये पनि चितवनको भरतपुर महानगरलाई विशेष चासोको रुपमा हेरिएको छ ।भरतपुर महानगरलाई विशेष चासोका साथ हेर्नुको प्रमुख कारण माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल काँग्रेस र माओवादी गठबन्धनकी उम्मेद्वार छिन् । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका बीच तीब्र प्रतिस्पर्धा सुरू भएको छ। शुरुवाती अग्रता लिएका ज्ञवाली पछिल्लो समयमा आएर केही कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन्। हाल सार्वजनिक पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १३६३५ मत पाएका छन् भने माओवादीकी दाहालले १३४३२ मत ल्याएका छन्।

No comments:

Post a Comment