स्थानीय तहको निर्वाचनको मिति आउन अब २१ दिन मात्र बाँकी छ । जेठ १९ गतेदेखि उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम छ । यता सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन २२ स्थानीय तह थप्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसद चल्न दिएको छैन् ।
भोली सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तो अप्ठ्यारो अवस्थामा प्रचण्डले राजिनामा दिन लागेपछि कस्तो बजेट आउने भन्ने अन्यौलता कायम नै रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्नेछ । प्रचण्डले राजिनामा दिएपछि सरकार काम चलाउ हुनेछ । काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन पाउने कि नपाउने भन्ने प्रश्न पनि यथावत छ ।निर्वाचन अघि नै सरकारले संविधान संशोधन नगरे निर्वाचनमा भाग नलिने चेतावनी मधेसी मोर्चाले दिइसकेको छ । अब सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिने संवैधानिक व्यवस्था छ । पनि सहमति जुटन नसके बहुमतीय प्रकृया शुरु हुनेछ ।
तर प्रमुख प्रतिपक्ष दल एमालेले जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन अघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने नीति लिएको छ । एमालेले सरकारले २२ स्थानीय तह थप्ने निर्णयलाई कारण देखाउदै केही दिन अझै संसद चल्न नदिने नीति लिएको छ ।
काम चलाउ सरकारले नै बजेट ल्याउने र निर्वाचन पनि गराउन दिने तर देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने नीति एमालेले लिएको एमाले निटक स्रोतले नेपाली हेडलाइन्सलाई बतायो ।
No comments:
Post a Comment