तपाईको यो पहिलो जन्म कि पुनर्जन्म ? यसरि पत्ता लगाउनुहोस - The Pride

Latest

BANNER 728X90

Sunday, July 30, 2017

तपाईको यो पहिलो जन्म कि पुनर्जन्म ? यसरि पत्ता लगाउनुहोस

पुनर्जन्मका बारेमा धेरैले सुनेको हुनुपर्छ । कतिपयलाई यसको बिश्वास लाग्ला त कतिलाई नलाग्ला । तर जे सुकै भए पनि हरेकलाई लाग्छ कि आफ्नो यो जन्म पहिलो कि पहिले पनि मान्छे नै भएर जन्मेको थिएँ । हामीले यहाँ केहि टिप्सहरु संकलन गरेका छौ जसले तपाईको यो जन्म पहिलो हो कि पुनर्जन्म हो भन्ने बारेमा अनुमान गर्न सकिन्छ ।



अनौठा यादहरु
केवल अनौठा यादहरु आउनाले मात्र पुर्वजन्मको संकेत गरेको भनेर भन्न सकिन्न। तर यो एउटा संकेत भने हो । कयौं पटक बच्चाहरुले अनौठा यादहरु सम्झेका घटनाहरु पाइएको छ। सामान्यरुपमा बच्चाहरु पुराना समयका घटनाहरु बढि याद गर्ने सक्ने हुन्छन। सुन्दा काल्पनिक लाग्ने त्यस्ता स्मृतिहरु बिस्तारमा सुन्दा सत्य नै सावित भएका छन् । बालकपनको बेला पुर्वजन्मका यादहरु बढी ताजा हुने गर्दछ। जति धेरै पुर्वजन्म थिए, त्यति नै त्यस्ता यादहरु बढी सम्झन्न खोज्छ मस्तिष्कले ।

अनौठो अनुभव
त्यस्तो अनौठो अनुभव हो जुन तत्काल अनुभुत भइरहेका घटना, तत्कालको परिस्थिती, वा भर्खरै घटेका घटना पहिले कतै भएको भान हुन्छ । कुनै गन्ध, आवाज, दृश्य, स्वाद वा अन्य कुनै अवस्थाले ‘देजा भु’ हुने गर्छ । कुनै कुरा कतै देखेको झै लाग्छ, भर्खरै बोलेको कुरा पहिल्यै बोलेको जस्तो लाग्छ, कसैलाइ भेटदाको अवस्था पहिल्यै अनुभव भएको जस्तो भान हुन्छ भने त्यो ‘देजा भु’ भएको हो । न्युरोनहरुको काममा गडबढी भएर यस्तो अनुभव हुने पनि बताइन्छ । कुनै अर्कै दुनिया (प्यारलल युनिभर्स) को अस्तित्वको कारणले पनि यस्तो अनुभव हुन्छ भन्छन् एकथरि । पुर्वजन्मको घटनाहरुको धमिलो याद भनि पनि भन्छन् ।

सधै उस्तै र एउटै सपना
सपना तपाईले जीवनमा भोगेका कुराहरुको प्रतिबिम्ब हो । के तपाईले एउटै खालको सपना धेरै पटक देख्नुभएको छ ? के ती सपनामा देखिएका ठाँउ अथवा मानिसहरु अलि पुरानो समयका त हैनन ? के ती सपनामा तपाईको मृत्यु भएको छ ? तपाईको आत्माले पुराना दबेका यादहरु सम्झाउन खोजेको हुन सक्छ ।

शान्त र धैर्यवान
आत्मा यदि जवान छ भने, अर्थात आत्माको जन्म केही पटक मात्र भएको छ भने त्यस्तो आत्मा बढी चन्चल हुने गर्छ । जन्मदेखि नै शान्त अनि धैर्यवान छ भने त्यो मानिसको आत्माले परिपक्वता हासिल गर्दैछ भन्ने बुझ्न सकिन्छ। मानिसको व्यक्तित्व नै आत्मा हो। तपाई नै आत्मा हो। तपाईको आफ्नो भन्नु नै आत्मा हो। अर्थात, तपाई अनि तपाईको व्यक्तित्व नै आत्मा हो। व्यक्तित्व निखारिएको छ भने आत्मा पुरानो छ, धेरै अनुभवी छ, नयाँ शरीरमा जन्मदा नै पुराना सिकेका कुराहरु पनि ल्याएको छ, पुरानो जन्मको ज्ञान व्यक्तित्वको रुपमा आएको छ अनि पुर्वजन्ममा सिक्न नसकेका कुरा अब सिक्नु पर्नेछ ।

इतिहासप्रतिको झुकाव
इतिहासका कुनै कालखण्डमा तपाईको चासो बढी जान्छ वा इतिहासका कुनै व्यक्तिहरुको बारेमा जानकारी राख्न मन लाग्छ भने संभवत तपाईको पुर्वजन्म सोही कालखण्डमा पनि भएको थियो भनि भन्न सकिन्छ। मानिसलाइ जहिल्यै आफ्नो कुरा बढी चासो लाग्छ, बढी ख्याल राखिन्छ आफुसंग सम्बन्धित कुराहरु।

बेकारमा बढी डर
यो सत्य हो या हैन तर धेरै मानिसहरुको भनाइमा, पुर्वजन्मका दुख, आघात वा दुर्घटनाका यादहरु यो जन्ममा डरको रुपमा प्रकट हुन्छन् । अग्लो ठाँउदेखि लाग्ने डर, आगो देखि लाग्ने डर, नदीको डर, अध्यारो देखि लाग्ने, कुनै जनावरसंगको डर, कुनै सङ्ख्या, रंग वा ठाँउको डर आदी डरहरु पुरानो जन्ममा भएको कुनै दुर्घटना वा भोगेका दुखहरुको प्रतिबिम्ब हुन सक्छन् ।

विद्रोही स्वभाव
तपाई नियम, कानुन या कुनै मानिसप्रति किन विद्रोह गर्नुहुन्छ ? किनकी तपाई लाग्छ कि ती सत्य छैनन्, केवल सत्य झै बनाइएका छन् । मरेर तपाईले अनुभव लिएर जानु हुन्छ । जुन तपाईको अर्को जन्मलाइ सहायक हुन्छ। सिकेर लगेका कुराले अर्को जन्मको भविष्य निर्धारण गर्छ । तपाईले जानेको कुरा सत्य छ अनि धेरैले असत्य बाटो रोजेका छन भने तपाईमा विद्रोहि विचार विकास हुन्छ । विद्रोह बिना जीवन परिवर्तन हुदैन तर विद्रोह असत्य कुरामा अडिएको छ भने तपाईले ठूलो भुल गर्दै हुनुहुन्छ। असत्य र कुभलो जीवनका दुश्मन हुन। बु

एकान्त प्रेमी
जब तपाई यो संसारिक दुनियाको खेल खेल्नको लागि जन्मनुहुन्छ तब यहि खेलमै तपाई डुब्नुहुन्छ । खेलको नियम सिक्न तिर लाग्नुहुन्छ। खेल कसरी सजिलो बनाउने तिर लाग्नुहुन्छ। तर यदि धेरै पटक तपाईको आत्माको जन्म भएको छ भने तपाइको व्यक्तित्वमा एकान्त मन पराउने गुण थपिन्छ। तपाइले सिकिसक्नु भएको हुन्छ कि यो खेल हो। र तपाईलाइ यो खेलमा कुनै चासो हुदैन। धेरै पटक खेलेको खेल अल्छि लाग्दो हुन्छ ।

आनन्दको अनुभव
तपाईले केही जन्म पार गरिसक्नु भएको छ भने तपाईले थाह हुन्छ धैर्य, इमान्दारिता अनि प्रेमको महत्व। साथै जीवनमा आइपर्ने समस्याहरु चाडै समाधान गर्न सक्नुहुन्छ। जीवनले तपाईलाइ के दिन खोज्दै छ भनि धेर्यता पुर्वक हेर्ने अनि सुन्ने खुबी बढ्छ। तपाईमा बिस्तारै सन्तोषी भावनाको विकास हुन्छ। कुन कुरा सत्य हो अनि कुन सत्य बनाइएका हुन भनि छुट्याउन सक्नुहुन्छ।

हेरेर मानिस चिन्ने
कसैको व्यवहार केही मिनेटमा नै थाह पाउन सक्नुहुन्छ ? कोही नयाँ व्यक्तिसंग केही बेर कुरा गरेरै त्यो व्यक्तिको व्यक्तित्व थाह पाउन सक्नुभयो भने जान्नुहोस् त्यस्तै व्यक्तित्व भएको व्यक्तिलाइ तपाईले पुर्वजन्ममा पनि भेट्नुभएको थियो। तपाईको मस्तिष्कमा त्यस्तो व्यक्तिको बारेमा पहिल्यै अनुभवहरु दबेर रहेका छन्। अनि कोही व्यक्ति नजिक आउदा ती दबेका अनुभवहरु याद आउछन्, अनि त्यो मानिस कस्तो भनि थाह पाएझै लाग्छ।

तपाईलाइ मुर्ख बनाउन सकिदैन
तपाई यहाँ धेरै पटक आउनुभएको छ, तपाईले मानिस चिन्नु हुन्छ । तपाईले मानिसको मनस्थिति बुझ्नुहुन्छ, किनकी तपाईसंग अनुभव छ धेरै जीवनको । तपाईले सहि र गलत बुझ्नुभएको छ । तपाईलाइ कसैले कुरा गरेर मुर्ख बनाउन सक्दैन, किनकि तपाईले मुर्खता र अज्ञानतालाइ बुझ्नु भएको छ। तपाईमा यस्तो व्यक्तित्व छ भने ख्याल गर्नुहोस् त यस्तो समझ अनि यो ज्ञान यो जीवनका अनुभवले मात्र सिकेको नहुनसक्छ ।

अरुको बढी ख्याल
आत्मा जति परिपक्व हुन्छ त्यति नै संवेदनाहरु ख्याल गर्न सक्छ, महसुस गर्ने क्षमता बढ्छ । केही अवस्थामा त शारीरिक दुखाइ वा अन्य तवरले पनि विभिन्न संवेदनाहरु महसुस गराउन सक्छ परिपक्व भएको आत्माले। अरुको भावना अनि अवस्था अनुभुत गर्ने गर्छ यस्तो आत्माले । आफ्नो वरिपरि भएका अन्य मानिसको अवस्था ख्याल गर्ने, अनि आफुले नै ति मानिसहरुको अनुभुतिहरु अनुभव गर्ने गुणको विकास हुन जान्छ। यस्ता गुणहरु विकास भएको छ भने, ठूलो हुल वा भिडभाडमा गाह्रो अनुभव हुने पनि हुन्छ । यस्तो आत्माको जन्म पहिले पनि भएको र आफु भन्दा पनि वरिपरिका अन्य आत्माको अवस्थाप्रति सहानुभुती गर्ने बानीको बिकास भएको हुन्छ ।

भिडियो रिपोर्ट पनि हेर्नुहोस:

No comments:

Post a Comment