१२ ज्योतिर्लिंग नेपालमै, भारतमा रहेको दाबी गलत प्रमाणित - The Pride

Latest

BANNER 728X90

Saturday, September 16, 2017

१२ ज्योतिर्लिंग नेपालमै, भारतमा रहेको दाबी गलत प्रमाणित

काठमाडौं । सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन्। नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन्।

भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्।

नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराण अध्ययन गरी ०७२ कात्तिकदेखि हालसम्म स्थलगत अवलोकनबाट नेपालमै १२ ज्योतिर्लिंग रहेको तथ्य पहिलोपटक पत्ता लगाएका हुन्। उनका अनुसार दार्चुलामा मल्लिकार्जुन, दार्चुलाकै नाघुमा नागेश्वर, महाकाली नदीतटमा विश्वनाथ, महाकाली र सरयू नदीतटमा रामेश्वरम्, बैतडीको रावलाद्री पर्वतमा केदारनाथ, अछामको साफेबगरमा वैद्यनाथ, मुस्ताङको शालग्राम क्षेत्रमा सोमनाथ, कौशिकी नदीको तट दोलखामा भीमाशंकर, खोटाङ रेवा नदीतटमा ओमकारेश्वर, सिन्धुलीको गौतमी नदीतटमा त्र्यम्बकेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगमको गुफामा महाकालेश्वर र हिमालयबाट प्रकट भएको घुस्मा नदीतट (खोजी भइरहेको) मा घुस्मेश्वर ज्योतिर्लिंग फेला परेका हुन्।

भारतको उत्तराखण्डमा केदारनाथ, उत्तरप्रदेशको विश्वनाथ, झारखण्डको वैद्यनाथ, मध्यप्रदेशको ओमकारेश्वर र महाकालेश्वर, महाराष्ट्रको घुस्मेश्वर, यम्बकेश्वर र भीमाशंकर, गुजरातमा नागेश्वर र सोमनाथ, तमिलनाडुमा रामेश्वरम् र आन्ध्र प्रदेशमा मल्लिकार्जुन गरी १२ ज्योतिर्लिंग स्थापित रहेको मानिन्छ। प्राचीनकालदेखि अस्तित्वमा रहेका १२ ज्योतिर्लिंग विभिन्न कालखण्डमा पुनःस्थापन गरिँदै आएको छ।

जगद्गुरु बालसन्तले १८ पुराणमध्ये स्कन्द पुराणमा नेपालमा रहेका ज्योतिर्लिंगबारे उल्लेख र वर्णन गरिएको जानकारी दिए। ‘भारतका ज्योतिर्लिंगका विषयमा शिव पुराणमा बताइएको छ, बरु तिनका बारेमा केही कुरा शंकास्पद छन्’, उनले भने, ‘तर नेपालका ज्योतिर्लिंगका विषयमा स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराणले प्रस्ट ढंगले ठाउँ, नदीकिनार र ज्योतिर्लिंगको नाम किटान गरेको पाएँ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment