श्रीमान श्रीमतीले खिचेको गोप्य यौन भिडियो अर्कैले हात पारेपछि… - The Pride

Latest

BANNER 728X90

Friday, September 15, 2017

श्रीमान श्रीमतीले खिचेको गोप्य यौन भिडियो अर्कैले हात पारेपछि…

काठमाडौं— श्रीमान्‌ले श्रीमतीसँगको सहबासलाई अविष्मरणीय बनाउने प्रस्ताव गर्छन्। श्रीमतीले सुरुमा त आनकानी गर्छिन्। पछि उनलाई पनि लाग्छ रोमाञ्चक रात्री दृश्य क्यामरामा कैद गरेर पछिसम्म हेर्ने सक्ने बनाउँ। श्रीमान्‌ले क्यामेराको लेन्स बेडतर्फ तेर्साएर स्ट्यान्ड फिक्स गर्छन्। शारीरिक सम्पर्कका लागि दुवै जना उत्तिकै सक्रिय हुन्छन् जसलाई क्यामेराले कैद गर्छ। उनीहरुले मिहिनेतपूर्वक खिचेको यो भिडियो आफूसँग मात्र रहेकोमा विश्वस्त हुन्छन्। एकदिन सोही दृश्य सार्वजनिक गर्ने धम्की दिँदै एकजना चिनेजानकै व्यक्तिले फोन गर्दै फिरौती माग्न थाल्छ। सुन्दा नाटकीय लाग्ने यो विवरण अहिले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा आइपुगेको छ। भिडियो खिच्ने दम्पत्ती हीनाबोध र त्रासपछि बाध्य भएर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले श्रीमान्–श्रीमतीले मिलेमतोमा खिचेको यौन क्रियाकलापको भिडियो अनाधिकृत रुपमा हातपारी फिरौती असुल्न खोज्ने ती व्यक्तिलाई सोमबार पक्राउ गरेको छ। भिडियो सार्वजनिक गरिदिन्छु भनेर धम्की दिने व्यक्ति युवक हुन्।

‘श्रीमान् श्रीमतीले खिचेको यौन भिडियो हात पारी फिरौतीको धम्की दिनेलाई सोमबार पक्राउ गरेका छौं’, महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले नागरिकन्युजसँग भने, ‘उजुरी दिन आउँदा उहाँहरु (दम्पत्ती) डराएको, लजाएको र हतास मनस्थितिमा देखिनुहुन्थ्यो। पक्राउ गरी कारवाही थालेपछि केही ढुक्क देखिनुभयो तर निश्चिन्त हुन सक्नु भएन।’
स्मार्टफोनले भिडियो सेयरिङ सजिलो श्रीमान्–श्रीमतीले आपसी सहमतिमा खिचेको दृश्य तेस्रो व्यक्तिमा पुग्ने सम्भावना नकार्न नसकिने उनको बुझाइ छ। स्मार्टफोन, ल्यापटप र क्यामेराका फाइल ट्रान्सफर एपहरुले त्यस्ता भिडियोलाई छिन्मै एउटा डिभाइसबाट अन्त पुर्‍याइदिन सक्छन्। नेपालमा अत्यधिक एन्ड्रोइड मोबाइल प्रयोगकर्ता छन्। सोमबार पक्राउ परेका अभियुक्तले ब्लुटुथबाट भिडियो ट्रान्सफर गरेको बयान प्रहरीमा दिएका छन्।

एसपी कार्की श्रीमान् श्रीमतीले सहमतिमै पनि अश्लिल दृश्य खिच्न नहुने बताउँछन्। ‘समाजमा अश्लिल मानिएका दृश्य छायांकन गर्नु कानुनी रुपमा पनि बर्जित हो’, उनले भने, ‘इन्टरनेट सञ्जाल र डिजिटल सेयरिङ यस्ता गोप्य भिडियोको खतरा अझ बढ्दो छ।’ महाशाखाले अश्लिल दृश्य सार्वजनिक गर्ने धम्की दिएर फिरौती माग्ने ती युवकविरुद्ध साइबर अपराधमा कारवाही थालेको छ। याैन क्रियाकलापका उजुरी दैनिक पछिल्लो समय महाशाखामा यौन क्रियाकलापका दृश्य सार्वजनिक भएका घटना दिनहुँ आउन थालेका छन्। आफ्ना अति गोप्य क्रियाकलाप आपसी सहमतिमा खिच्ने तर मनमुटाव भएपछि आफैँ वा साथीमार्फत् सार्वजनिक गर्ने धम्की दिने तथा फिरौती माग गर्ने घटनामा उजुरी आउने गरेका छन्। महाशाखाको तथ्यांक अनुसार यो आर्थिक वर्षमा आठसय ३० वटा साइबर क्राइमका उजुरी दर्ता भएका छन्।

जसमध्ये जम्मा २३ वटा घटनामा मात्र मुद्दा अदालतमा दर्ता भएको छ। गत वर्ष महाशाखामा दर्ता भएका तीन सय ११ उजुरीमध्ये सातवटा घटनामात्र अदालत पुगेका हुन्। महाशाखाको साइबर सेलका डिएसपी पशुपति राय अश्लिल तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्ने, पेज ह्याक गर्ने र अश्लिल तस्बिर र भिडियोका आधारमा फिरौती माग्ने घटनाको महाशाखाले यसवर्ष अनुसन्धान गरेबो बतउँछन्। प्रहरीको तथ्यांकअनुसार उपत्यका भित्र र बाहिर साइबर अपराध बढेको छ। ‘गोप्य राख्नुपर्ने कुरा गोप्य राख्दा नै उत्तम हो, रहरमा गरेका कुराले पछि तनाब दिएका घटना आउने गर्छन्’, डिएसपी राय भन्छन्, ‘सामाजिक सञ्जालबाट ठगीका घटना समेत भै रहेका छन्।’ नागरिकन्युज

No comments:

Post a Comment